Posted by: Bhaute October 22, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
ए सिरेदाई तिहार पुनि आयो। यसपालिका कुकुर तिहाराँ पुजा अर्न कुकुर पनि भएन। गाम मा त्यै एउटा लुतेकुकुर थियो। सबै गाम तेसैले चहार्थ्यो। अलेली बाँदर साँदर नि लखेट्नि भ'र गाम्लेले नि ठिकै मानेका थिए। पोहोरका तिहाराँ कस्ले बासि भात दिएछन्। तिहाराँ नि बासि भात दिए भनेर रिसाएर लुते करङ हल्लाउदै छापाका चौतारि अ'ट तलतिर बनतिर झरेको थियो अरे, यो गाम मा बस्दिन अब भनेर। आजकाल त भुकेको पनि सुनिदैन। नत्र तरुनिका गफ अर्यो कि भ्याउउउउउउ अरेर भुकिहाल्थ्यो। बाघले ङ्याकिसक्यो कि कुन्नि। अब दादाले त "कुकुर रिसाए भातै जोगियो" भुनेर कुकुर पुजै नअर्नी भा'का छन्अरे केरे यस पाली। हाम्ले के अर्नि हो हँ? क्यै मेलो मेसो छ? :-) -भउते
Read Full Discussion Thread for this article