Posted by: shree5 October 22, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
हेर गाम्लेहुरले पुनि के के जाति कुरा काटेका हाम्रा, मुन्छेलाई गामतिर नदेख्नी बित्तिकै नाना थरिका कुरा काट्चन यी फटाहाहुरले । पहिले भउतेलाई पुनि पखाल्न सम्म पखाले, अब मलाई पखाल्न लागेका छन, क्यार्नु र, समाजै यस्तै छ केरे । चईनी जमुनि हिजो आज अलिक फेरिएकी छ के, के भाको हो कुन्नि । अलिक सन्चो छैन तेसलाई, बिरामी बिरामी जस्तो, मदौरु मदौरु जस्तो छ के, तेही भ'र तेति सारो फुर्सद पुनि भाको छैन के मलाई । काम अर्न परो भने के के जाति बहाना बनाएर ठग्नी त तेसको जमुनिको सानै देखिको बानी हो केरे । अब पहिलो महिना त चईनी जमुनि एक महिनामा चार पाली सम्म नछुने भई केरे, पहिले पहिले आफ्ना माईताँ पुनि तेस्तै अर्ने बानी थियो के तेस्को - भात पकाम्न पर्च भनेर, चुलाँ गएर आगो फुक्न परो कि "ई म त पन्छिए जस्तो छ " भनेर तर्किने अर्थी के तेसले । अब हेऽरि लाएर यो महिना मा त के भओ के भओ, तेस्तो पुनि एक पाली पुनि भाको छैन केरे, त्याँसी सन्चो पुनि छैन भन्छे, घरि पेट दुखो भन्छे, घरि खुट्टा गल्यो जाद्रै, खुट्टाले चईनी टेकेर उभिनै सकिन भन्छे, के भाको के भाको हो । अनि एउ दिन तेसका खुट्टा साह्रै गलेछन र अब क्यार्नी त भनेर मैले खुट्टा माडि दिईराको थिए केरे, ठ्याक्कै नेपे दाजी आईपुगेछन कता बाट । पुन्टे दाजीकी दुलही हुन केरे, बाटुली भाउजु, नेपे दाजीकी त बहिनी हुन केरे । अब तिहाराँ चईनी टिको लाम्न चेलिबेटी बोलाम्न आका रैचन केरे, तो क्यामोरो भन्नी भाँडो सर्जाम पुनि बोकेर आका रैचन, ठ्याक्कै मैले जमुनिको खुट्टा माडिदिएको बेलाँ त फुटो खिचिहालेछन । धन्न तेति को मत्रै फुटो खिचेछन, नेपे दाजी हाम्रा घरबाट पानी खाएर गए पछि त अरु के के जाति भन्न नहुनी कुरा पुनि अरेका थिएम केरे, धन्नै फुटो खिचेर मरेन छन । अनि हिजो त जमुनिले जे भा पुनि चईनी आमिलो खान जाद्रै मन लागो, मलाई आमिलो खानी कुरा खोजेर लेइदेउ भनि केरे । गाममा भनी पुन्टे दाजीका घराँ त टन्नै निबुवा लगाउछन । अरुले भैसी पालेर घीउ सँगाल्छन, पुन्टे दाजी भनी बाठा पुनि, अल्छी पुनि, उनका घराँ घिउ तेति सारो सँगाल्न नपाउनी केरे, उनले भनी चुक आमिलो बनाम्चन के । घर मुन्तिर खोरिया भरि निबुवा र कागती रोपेका छन, अनि तो पेलेर चुक आमिलो बनाम्छन केरे, अब एक मानो चुक र एक मानो घीउ सराबर बराबर छ केरे गाममा, तेसो भासि क्यार्न तो भैसीको गोबर सोहोर्न परो र ?
Read Full Discussion Thread for this article