Posted by: sajhabusaima October 22, 2005
Gagan Thapa London Yaune re
Login in to Rate this Post:     0       ?        
नेपालमा प्रजातन्त्रको भबिष्य र हाम्रो दायित्व बिषयक अर्न्तकृया कार्यक्रम हालै नेपालमा सरकारले नेपालको संबिधान २०४७ मा ब्यवस्थित मौलिक हकहरु मध्ये जनताको सुचनाको हक मा प्रदत्त अधिकार बिरुद्ध लागुभएको संचार अध्यादेश लगायत सरकारले संसद बिनानै लागुगरेका - संबैधानिक ब्यवस्था भन्दा लामो समय सम्म लागुभएका ) दर्ुइदर्जन भन्दा धेरै अध्यादेशहरु र मुलुकका तमाम राजनैतिक समस्याहरुलाई बेवास्था गर्दै हालैे गरेको नगरपालिकाहरु र प्रतिनिधि सभाको चुनाउ सम्बन्धि घोषणा थप असम्बैधानिक र अप्रजातात्रिक कदमहरु भएकोले यस्ता सरकारी कदमहरुको नेपाली जनसर्म्पर्क समिति, बेलायत कडा प्रतिरोध गर्दछ । साथै बर्तमान सरकार नेपालमा प्रजातन्त्र, शान्ति र स्थायित्व कायम गर्न असफल भैसकेकोले सात प्रमुख राजनैतिक पार्टर्ीी र माओवादी संग पारदर्शिरुपमा वार्ता गरि वार्ताकै मध्यम वाट सहमति कायम गरि मुलुकमा प्रजातन्त्र, मानवअधिकार र शान्ति स्थापना गर्न जोडदार माग गर्दछ । यसै सर्न्दर्भमा मुलुकका तमाम समस्याहरु बिरुद्ध आवाज उठाउदैं पटक पटक जेल र बिभिन्न यातना सहन गर्दै गणतन्त्रात्मक प्रजातन्त्रको स्थापनावाट मात्र मुलुक र जनताले मुक्ती पाउने बिश्वास गर्दैर् शाही सरकार संग लडिरहेका नेपाल बिद्याथी संघका पर्ुव महासचिव एबं नेपाली कांग्रेसका महाअधिवेशन प्रतिनिधि श्री गगन थापा अन्तर्रर्ााटय लबिरु र बिदेश स्थित नेपालीहरुको एैकबद्धता जुटाउन लण्डन आउदैहुनुहुन्छ । यस अवसरमा नेपाली जनसर्म्पर्क समिति, बेलायतले आगामी ३० अक्टोवर, २००५ मा वैम्लीमा नेपालमा प्रजातन्त्रको भबिष्य र हाम्रो दायित्व बिषयक एक अर्न्तकृया कार्यक्रम आयोजना गरेकोछ । यस अर्न्तकृया कार्यक्रममा उपस्थित भैदिनुहुनको लागी हामी सबै नेपाली दाजुभाई दिदि बहिनिहरुमा हार्दिक अनुरोध गर्दछौ । प्रमुख वक्ताहरु १ श्री गगन थापा २ प्रो. र्सर्ुय प्रसाद सुवेदी ३ डा रमेश ढुंगेल ४ डा सम्पर्ुण्ाानन्द ढंगाना ५ कृष्ण उपाध्याय र अन्य बिद्धवान वक्ताहरु । कार्यक्रम हुने स्थान र समय मिति ः३० अक्टोवर, २००५ -आईतवार) समयः दिउसो १.०० बजे देखि ५.०० बजे सम्म । स्थान: M Mandhata Youth & Community Centre, Mandhata House, 20A Rosemead Avenue, Wembley, HA9 7EE. ( Just behind of Copland School) पुरुषोत्तम पौडेल @@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@ translate from Kick's
Read Full Discussion Thread for this article