Posted by: shirish October 21, 2005
Gagan Thapa in NY
Login in to Rate this Post:     0       ?        

I pretty much wrote this after listening to Gagan Thapa. Prem dai, its in ghazal format. श्रद्दामा झुक्ने मेरो शिर, मुकुटको भारले झुक्न नपरोस् ! ईज्जत जोगाउन सगरमाथाको छायामा लुक्न नपरोस् ! पानी परे पसीनासंग मिसाऔं, नभागौ कर्मथलोबाट , माटोको निम्ति बगाएको पसिना निधारमै सुक्न नपरोस् ! बालौं अब फोहर खरानी सम्मै, कुहिनै पनि नपावोस्, घरि घरि आंखा पोल्ने गरि फेरि आगो फुक्न नपरोस् ! एउटै निष्कर्षको लागी कति पटक अरु लड्नु पर्ने खै ? स्वार्थ निहित सम्झौता गरि फेरि मौकाबाट चुक्न नपरोस् ! बलिदान पर्यन्तको परिबर्तन परन्तु बदनाम निस्केर , भाबी पुस्तालाई पनि बन्दूकै बोकेर शान्ति ढुक्न नपरोस् ! एक अघि बढे, पछि दुई हट्ने, बिचलन ल्याउने आफै हौं नियत, प्रबृतिलाई सफाई दिई भाग्यलाई थुक्न नपरोस् !!!!
Read Full Discussion Thread for this article