Posted by: sajhabusaima October 21, 2005
Maoist threat
Login in to Rate this Post:     0       ?        
काठमाडौं, -नेस) नेपाल पत्रकार महासंघले नेपाल समाचारपत्रका संवाददाता एवम् महासंघका दैलेख शाखा सचिव कमल न्यौपानेलाई माओवादी जिल्ला सदस्यको नामबाट ँ१५ दिनभित्र पत्रकारिता नछोडे कारबाही गर्ने लिखित धम्की दिइएको घटनाप्रति गम्भीर ध्यानाकर्षा भएको जनाउ?दै धम्की फिर्ता लिन माग गरेको छ। माओवादीले पत्रकार न्यौपानेलाई दिएको धम्की आपत्तिजनक एवम् निन्दनीय भएको बताउ?दै महासंघले पत्रकारिता वा पत्रकारका सर्न्दर्भमा कुनै गुनासो भए छलफल गर्न सदा तत्पर रहेको जनाउ?दै माओवादी नेतृत्वलाई यस किसिमका अराजक गतिविधि नदोहोर्‍याउन र पत्रकार न्यौपानेलाई दिइएको धम्की फिर्ता लिई आप्ः्नोतर्फाट सुरक्षाको पर्ूण्ा प्रत्याभूति दिलाउन आहवान पनि गरेको छ। www.newsofnepal.com
Read Full Discussion Thread for this article