Posted by: Gautam B. October 21, 2005
Hurray! We have entered into top ten!
Login in to Rate this Post:     0       ?        
Who says we are always lagging behind? We are leading my friends! See we have already entered into top ten! Soon we are going to be the top of the tops! प्रेस दमनमा नेपाल टप टेनमा कास काठमाडौं, कार्तिक ३ - प्रेस स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय सूचीमा नेपाल सबैभन्दा कम प्रेस स्वतन्त्रता भएको आठौं मुलुकमा परेको छ । रिपोर्टर्स विथआउट बोर्डर्स -आरएसएफ) को बिहीबार प्रकाशित 'विश्वव्यापी प्रेस स्वतन्त्रता प्रतिवेदन २००५' मा १६०औं स्थानमा रहेको नेपाल आठौं स्थानमा झरेको उल्लेख छ । स्वतन्त्र प्रेसले १५ वर्षमा हासिल गरेको उपलब्धिलाई शाही सत्ताले सेन्सरसिप, गिरफ्तारी र पत्रिकाको कार्यालयमा सेना पठाएर समाप्त पार्न लागेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भदौ दोस्रो साता १ सय ५० पत्रकारलाई सरकारले गिरफ्तार गरेको तथा माओवादीले पत्रकारहरूको हत्या र अपहरणका साथै धम्की दिने गरेका घटनाहरूलाई उल्लेख गरिएको छ । सरकारले जारी गरेको सञ्चार अध्यादेश अगावै यो प्रतिवेदन तयार भएको हो । सञ्चार अध्यादेशका कारण नेपालको अवस्था आगामी वर्ष झनै तल र्झन सक्नेछ । संसारका १ सय ६७ मुलुकमध्ये सबैभन्दा कम प्रेस स्वतन्त्रता भएका दस मुलुकको लहरभित्र सूचीकृत गरिएको नेपालमा भियतनाम र चीनभन्दा पनि कम स्वतन्त्रता भएको उल्लेख छ । चीन नवौं र भियतनाम दसौं स्थानमा छन् । For more; http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=55034
Read Full Discussion Thread for this article