Posted by: jyaankaaji October 19, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
हैन गोतामे जी हराको त हैन तर दँशै नामक दशाले मणी हरा'को सर्प झैँ भइयो। मुड अफ भा' बेलाँ नि के लेख्ने भनेर नलेख्या हो । धेरै दिन पछि आज बल्ल खोलेको साझा। त्यै पनि मलाइ याद गरिदिनुभाको मा एक बेल्चा धन्नेबाद। त्यै पनि लेख्ने प्रयास गर्दैछु। शायद गहकिलो नहोला तर पनि लेखे'सि खाए खा नखाए घिच भै'हाल्च क्यारे।हे हे हे हे आऽऽ जे होस् लेख्दिन्चु लौ जा- "बडा दँशै" "रिनको भार ठूलो शुभकामना तासमा फाँक" यो पोलिटिक्स पोल भे'र झन फसाद पर्यो भन्या- हामी पोलिटिक्स जान्दैनम् तर एस्तो लाग्च है "गर्जन" "गिर्जा कुर्लिए प्रचण्ड नि कुर्लिए राजाको पालो" "देशको कथमा प्रश्न" "एका देशमा नेपाल थियो अरे थिएन होला" ह्याँ भन्दा बर्ता जानिएन पछि लेखम्ला नि फुर्सताँ। यो अनिकाले देशाँ फुर्सत छैन भनेर सान दियो नभन्नु होला। फुर्सत नभाको कारन हाइकुमै दिम्? दिन्चु लौ जा- "व्यस्तताको सान" "फुर्सत छैन छँदै छैन भन्या के घाम ताप्नु छ" जुवाडेको ताल त थाहै होला झन सबै लाइ "जुवाको नशा" "बा मरे जाम पख्न एक राउन्ड यै बाटो त हो" एस्पाली एस्तै छ्यासमिस भो गुरुहरु अर्को पाली चैँ अलि दरो दिम्ला। तर प्रोब्लम चैँ त्यै हो। सतही मात्र जान्च ज्यानको गहिराइमा पुग्न अझै ट्याम लाग्च। पछि नि आम्ला गोतामे जी सुचनै चैँ नटाँसौँ।
Read Full Discussion Thread for this article