Posted by: Gautam B. October 18, 2005
NEPAL 117TH CORRUPT NATION
Login in to Rate this Post:     0       ?        
Corruption has increased than in last year. Don't worry, we will soon pass Bangladesh and Chad! ँभ्रष्टाचार बढ्यो? कान्तिपुर संवाददाता काठमाडौं, कार्तिक १ - ट्रान्सपरेन्सी इन्टरनेसनलले माघ १९ को शाही कदम र यसपछिको राजनीतिक अस्थिरताले नेपालमा भ्रष्टाचार बढेको औंल्याएको छ । ट्रान्सपरेन्सीको मंगलबार सार्वजनिक वाषिर्क प्रतिवेदन २००५ ले नेपाल व्यापक भ्रष्टाचार हुने ७० मुलुकमा परेको देखाएको छ । प्रतिवेदनअनुसार यसपालि उच्च भ्रष्ट मुलुकको सूचीमा नेपाल ११७ औं स्थानमा छ । अघिल्लो वर्ष ९० आंै स्थानमा थियो । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय पहरेदार संस्था ट्रान्सपरेन्सीको बर्लिनस्थित प्रधान कार्यालयले मंगलबार विश्वभर आफ्नो प्रतिवेदन सार्वजनिक गरेको हो । जननिर्वाचित सरकारको बर्खास्ती, कमजोर शासन पद्धति, जारी हिंसा, प्रेसमाथि नियन्त्रणजस्ता कारणले नेपालमा भ्रष्टाचार बढेको प्रतिवेदनमा उल्लेख छ । 'जननिर्वाचित सरकारको बर्खास्ती, माघ १९ को शाही कदम, मुलुकमा जारी हिंसाका कारण शासन पद्धति कमजोर भएकाले नेपालमा भ्रष्टाचार बढेको हो,' प्रतिवेदनमा भनिएको छ- 'शासन पद्धतिमा जनताको विश्वास घटदै गएको छ ।' भ्रष्टाचार बढ्नुमा प्रतिवेदनले शासनमा पारदर्शिताको कमी र प्रेस स्वतन्त्रता अभाव औंल्याएको छ । संविधानमा अभिव्यक्ति स्वतन्त्रता ग्यारेन्टी गरिए पनि व्यवहारमा हस्तक्षेप भइरहेको र भ्रष्टाचारसम्बन्धी समाचार प्रकाशनमा कठिनाइ भएको उल्लेख छ । 'नेपालमा प्रजातान्त्रिक स्वतन्त्रतामाथि बारबार आक्रमण भइरहेको छ,' प्रतिवेदनमा भनिएको छ । भ्रष्ट मुलुकको सूचीमा नेपालकै हाराहारीमा अफगानिस्तान, बोलिभिया, इक्वेडर, ग्वाटेमाला, घाना, लिविया, फिलिपिन्स छन् । छिमेकी मुलुक भारत ८८ औं स्थानमा छ । त्यहाँ गत वर्षभन्दा भ्रष्टाचार घटेको उल्लेख छ । सबैभन्दा कम भ्रष्टको सूचीमा आइसल्यान्ड, फिनल्यान्ड, न्युजिल्यान्ड, डेनमार्क, सिंगापुर, स्विडेन, स्विट्जरल्यान्ड, नर्वे, अस्ट्रेलिया, अस्टि्रयाजस्ता विकसित मुलुक छन् । सबैभन्दा भ्रष्टमा बंगलादेश, चाद, तुर्किमेनिस्तान, म्यान्मार, हाइटी, नाइजेरिया, इक्वाटोरियल, अंगोला, ताजकिस्तान छन् ।
Read Full Discussion Thread for this article