Posted by: Nepe October 16, 2005
Login in to Rate this Post:
0
?
>नेपाली गजल लेख्दा 'बहर' मिलाउन अक्षर गन्दा हलन्तको बारेमा
>के नियम छ नि? बोल्दा हलन्त बोलिने तर लेख्दा पूरै लेखिने
>अक्षरको बारेमा नि?
नेपाली गजलको कुनै आधिकारिक नियमावली नबनुन्जेल यस बारे अस्पष्टता नै रहने छ ।
नियमावली बन्ला भन्नेमा पनि शंकै छ मलाई । मुख्य समस्या के हो भने, गजलको उदगम, उर्दु गजल, संस्कृत वार्णिक छन्द (शिखरिणी, मन्दाक्रान्ता ई०) जस्तै छन्दमा लेखिन्छ, यद्यपि केहि उदारताका साथ । परन्तु, गैर-उर्दु भाषीहरुले स्वतन्त्र छन्दमा गजल लेखेका छन् ।
उर्दुमा गेयात्मकतालाई ध्यान दिएर नै दुई ह्रस्वको ठाउँमा एक दीर्घ राख्ने अपवाद समेत भएको हुनाले, अन्य भाषीहरुले छन्दलाई नसकेपनि गेयात्मकतालाई ध्यान दिनु पर्छ जस्तो लाग्छ मलाई ।
त्यसैले गाउँदा सिङ्गै उच्चारण हुनेलाई अक्षरलाई लेखिंदा हलन्त लेखिए पनि अजन्त नै गन्नुपर्छ भन्ने मेरो आग्रह छ । सामान्य उच्चारणमा हलन्त हुने अजन्त अक्षर पनि गाउँदा खेरि भने अजन्त नै उच्चारण हुँदो रहेछ अक्सर । त्यसैले तिनलाई अजन्त नै गन्नु पर्छ ।
तर पनि अहिलेसम्मलाई (चलनचल्ती हेर्दा) सबभन्दा सुरक्षित गणना चाहिं लेखिदा जे जे देखिन्छ, त्यहि गर्ने- हलन्त नगन्ने, अजन्त गन्ने ।
धर्को (२), घरको (३)