Posted by: Houston October 16, 2005
Re incarnation
Login in to Rate this Post:     0       ?        
घ्याम्पोबाट पुनर्जन्म राजेन्द्रप्रताप शाह धादिङ, असोज २९ - मृत्यु संस्कार सम्पन्न गरिसकेपछि मान्छे जिउँदै घर फर्किर्र्एमा के गर्ने ? यस्तो घटना सायदै सुनिन्छ । जिल्लाको ज्याम्ारुङ गाविस- १ भगेंरीडाँडाका लालबहादुर कार्कीको परिवारले यस्तै कल्पना गर्नै नसक्ने घटना व्यहोर्नुपर्?यो । काजक्रिया सम्पन्न गरिसकेको छोरो शिव कार्की जिउँदै घर फर्किएपछि लालबहादुरलेे धार्मिक परम्परानुसार घ्याम्पोबाट छोराको पुनर्जन्म गराए । त्यसपछि छोराको न्वारन र पास्नीसमेत गरियो । मृत्यु संस्कार सम्पन्न गरिसकेेको मान्छे जिउँदै फेला परेमा घ्याम्पोेबाट जन्माएर सवै विधि पूरा गरेपछि मात्र समाजले स्वीकार्ने प्रचलन गाउँघरमा अद्यापि कायमै छ । शिव कार्की कालीकोटको पिलीमा कार्यरत सैनिक जवान हुन्् । माओवादीले साउन २३ गते पिलीमा रहेको सैनिक वेसक्याम्पमा आक्रमण गरी ठूलो क्षति पुर्?यायो । दर्जनौदर्जन सैनिक हताहत भए भने ६० सैनिक अपहरणमा परे । मृतक सैनिकको शव क्षतविक्षत भएकाले चिन्न गाह्रो थियो । परिचयपत्रकै आधारमा सेनाले शिवको परिवारलाई शव बुझायो । भदौ २ गते लालबहादुरले शव बुझी दाहसंस्कार गरे । र छोराको काजकि्रया सबै पूरा गरियो । तर शिव कार्की मरेको नभई अपहरणमा परेका रहेछन्् । अन्तर्राष्ट्रिय रेडक्रसको रोहवर र पहलपछि शिवलगायत सबै अपहरित सैनिक मुक्त भएका थिए । धेरै दिनको रुवावासीपछि मृतक छोरो जिउँदै फर्किएकोमा लालबहादुरको परिवारमा अहिले अचम्मको खुसी छाएको छ ।
Read Full Discussion Thread for this article