Posted by: shirish October 16, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
श्रद्दामा झुक्ने मेरो शिर, मुकुटको भारले झुक्न नपरोस् ! ईज्जत जोगाउन सगरमाथाको छायामा लुक्न नपरोस् ! पानी परे पसीनासंग मिसाऔं, नभागौ कर्मथलोबाट , माटोको निम्ति बगाएको पसिना निधारमै सुक्न नपरोस् ! बालौं अब फोहर खरानी सम्मै, कुहिनै पनि नपावोस्, घरि घरि आंखा पोल्ने गरि फेरि आगो फुक्न नपरोस् ! एउटै निष्कर्षको लागी कति पटक अरु लड्नु पर्ने खै ? स्वार्थ निहित सम्झौता गरि फेरि मौकाबाट चुक्नु नपरोस् ! बलिदान पर्यन्तको परिबर्तन परन्तु बदनाम निस्केर , भाबी पुस्तालाई पनि बन्दूकै बोकेर शान्ति ढुक्न नपरोस् !
Read Full Discussion Thread for this article