Posted by: shirish October 16, 2005
Login in to Rate this Post:
0
?
ke bho?
श्रद्दामा झुक्ने मेरो शिर, मुकुटको भारले झुक्न नपरोस् !
ईज्जत जोगाउन सगरमाथाको छायामा लुक्न नपरोस् !
पानी परे पसीनासंग मिसाऔं, नभागौ कर्मथलोबाट ,
माटोको निम्ति बगाएको पसिना निधारमै सुक्न नपरोस् !
बालौं अब फोहर खरानी सम्मै, कुहिनै पनि नपावोस्,
घरि घरि आंखा पोल्ने गरि फेरि आगो फुक्न नपरोस् !
एउटै निष्कर्षको लागी कति पटक अरु लड्नु पर्ने खै ?
स्वार्थ निहित सम्झौता गरि फेरि मौकाबाट चुक्नु नपरोस् !
बलिदान पर्यन्तको परिबर्तन परन्तु बदनाम निस्केर ,
भाबी पुस्तालाई पनि बन्दूकै बोकेर शान्ति ढुक्न नपरोस् !