Posted by: Nepe October 13, 2005
Love
Login in to Rate this Post:     0       ?        
>Nepeda you sound very sweet writing about love rather than writing about Republism. :d परन्तु, भगिनी (sis) प्रिय, यो ज्येष्ठ भ्राता (bro) ले गणतन्त्र र प्रेमतन्त्रलाई उहि र उस्तै कठोर, निर्मम र वस्तुवादी (objective) चक्षुले हेरेको छ त । कसरी स्वादमा त्यत्रो फरक प-यो होला ? *** *** *** *** *** >If you love someone, Set her free... >If she comes back, she's yours, >If she doesn't, she never was.... प्रेमको लोकप्रिय किन्तु अपूर्ण अवधारणाहरुको यो एउटा राम्रो उदाहरण हो । यो अवधारणा "मौलिक" उपखण्डको प्रेमभूमिमा सिमित छ र यसले "जवाफी" उपखण्डको प्रेमभूमिलाई चिन्न ईन्कार गर्छ । प्रेमीको हरेक क्रियाले "जवाफी प्रेम" लाई तत्काल, प्रत्यक्ष र बलियोसंग र "मौलिक प्रेम" लाई कालान्तरमा, अप्रत्यक्ष र कम बलपूर्वक प्रभाव पार्दछ भन्ने कुराप्रति माथिको कथन पूर्ण अनभिज्ञ रहेको छ । प्रेमीले आफ्नो प्रेमीद्वारा आफुलाई छोड्न सक्नु र छोड्न नसक्नुलाई अलग अलग अर्थमा बुझ्दछन् भन्ने कुराको ज्ञान छैन यसमा, यसैले अपूर्ण छ यो । परन्तु, Nepalipoonte ले पोस्ट गरेका ठट्यौलीहरुमा भने कतै कतै यो ज्ञान निहित छ र समग्रमा, प्रेमको यौगिक स्वरुपको पुष्टि भएको छ- ठट्टा नै सहि, प्रतिक्रियाको विविधताद्वारा ।
Read Full Discussion Thread for this article