Posted by: Nepe October 13, 2005
Love
Login in to Rate this Post:     0       ?        
आग्रा र गाग्राको कुरा जस्तो भयो है साथी हो । प्रेममा लीन, निर्लिप्त, मग्न भए पछिको जुन मीठो पिडा हुन्छ, त्यस दु:खको कुरै गरेको होईन मैले । त्यसलाई त दु:ख नाम पनि दिन्नँ म । मैले त प्रेम र प्रेमीमाथि शंका उपशंका गरेर, तीनलाई बुझ्न नसकेर उत्पन्न हुने दु:खको कुरा ग-या हो । अर्को शब्दमा, Frustrated प्रेमीहरुको दु:खको कुरा ग-या हो । पूर्ण प्रेमको पिडा र अर्ध प्रेमको दु:ख नितान्त बेग्लै phenomena हुन् । माथि उल्लेख गरिएका चौसुत्रात्मक प्रेमज्ञानबाट अर्धप्रेमको दु:ख कसरी निवारण हुन्छ त ? त्यसबारे चर्चा गर्न चाहन्थें । अब सबैजना पूर्णप्रेमको पिडाको चर्चामा मस्त छन् । म लागें एकान्त चौतारो तिर, ध्यान गर्न । *** *** *** *** *** दादाको कथन प्रेमको अद्वितियवाद हो र प्रेमको यौगिक स्वरुप (compound form) संग (माथि चर्चा गरिएको) सम्मिलेय (compatible) छ । Nepe
Read Full Discussion Thread for this article