Posted by: Gautam B. October 13, 2005
Narayan gets Madan
Login in to Rate this Post:     0       ?        
हुनत यो धागोमा आँखा लागेको पहिल्यै हो तर नपढी प्वाक्क के बोल्नु भन्ने लाग्यो। किताब हात परेपछि पनि एक बसाईमै पढेर सिध्याउनुको मजै अर्कै भनेर पूरै खाली दिनको प्रतीक्षामा बसेको थिएँ। त्यो दिन आउला जस्तो लागेन र "टुक्रे" पाराले भ्याईयो। समीक्षा लेख्ने सूर हैन मेरो। स्वान्त सुखायको लागि साहित्य पढ्ने एउटा सामान्य पाठकको छोटो प्रतिकृया मात्रै हो। उपन्यास सलल बगेको छ र पढ्दा "बोर" लागेन। तर धेरै घटनाक्रमहरुलाई यति छिटो प्रस्तुत गरिएको छ कि नाटकीय लाग्छ। दोश्रो कुरा, माओवादी विद्रोहका कारण घटेका सम्पूर्ण दुर्घटनाहरुलाई प्रमुख पात्रको जीवनमा आरोपीत गरिएको छ, यो पनि नाटकीय र अविश्वशनीय लाग्छ। प्रकृति वर्णन राम्रो छ ठाऊँ ठाऊँमा, कता कता परिजातको "शिरिषको फूल" का एक दुई अनुच्छेदको शैलीको याद दिलाऊँछन्।। सम्वाद शैली भने 'कफी गफ'कै दोहोरिएको छ। दृश्यको सम्वाद शैली सबै ठाऊँमा उस्तै छ। पल्पसा र डच केटी क्रिष्टीनासंग त उहि सम्वाद शैली सुहाऊँछ तर पल्पसाकी हजूरआमा अथवा मितिनी भेट्न जान लागेकी सानी बच्चीसंग पनि उस्तै शैलीमा संवाद गरेको देख्दा भने अफ्ठेरो लाग्छ। पुरस्कार पाउने कृति वर्षभरिकै उत्कृष्ट हुन्छ भन्ने ठोकुवा गर्न सकिन्न। गत वर्षका अरु कृतिहरु पढिएको पनि छैन। "पल्पसा क्याफे" गत वर्षको उत्कृष्ट कृति भएका कारण यो पुरस्कार दिइएको रहेछ भने नेपाली साहित्यको वर्तमान बारेमा हामी निराश बन्छौँ। नारायणजीको प्रयासलाई साधुवाद र पुरष्कारका लागि बधाइ।
Read Full Discussion Thread for this article