Posted by: Nepe October 12, 2005
Love
Login in to Rate this Post:     0       ?        
आत्मकथा त रिटायर्ड भएपछि आत्मजीवनी लेख्ने आँट आएछ भने मात्र (भनाईको तात्पर्य, लुकाउने कुरा कम र देखाउने कुरा ज्यादा भयो भने मात्र ) सुनाम्छु भनेको हुँ । त्यसैले सुकुल नओछ्याम साथी हो । पिरिम सम्बन्धी यसो एक दुई वटा कुरा मात्र गर्न चाहेको हुँ, खास गरेर मेरो अद्यावधिक धारणा । (म्याउटिस बुईनीको शंशयवादी कुरा सुनेर नि) त्यसैले ठिङ्ग उभिइरै मेरो कुरा भन्छु । कुरा के भने, लामो समयसम्म म शंशयवादी (skeptic) थिएँ रुमानी पिरिमको हकमा, अझ नास्तिक नै भने पनि हुन्छ । पिरिम नै त नभनुम, पिरिमको प्रचलित, लोकप्रिय, सांस्कृतिक, साहित्यिक अवधारणासंग हो । यी लोकप्रिय अवधारणाहरुको चर्चा गरिरहन आवश्यक छैन, यो थ्रेडका विभिन्न पोस्टिङहरुलाई सर्सर्ती पढे पुग्छ । मेरो अवलोकनको वास्तविक जीवनका प्रेम र प्रेमका लोकप्रिय सिद्धान्त बिचको गहिरो खाडल (gap) नै मेरो शंशयको जन्मदाता थियो । (मलाई लाग्छ, म्याउटिस बुइनीको मामला पनि यस्तै हो ) । अधिकांशत: पिपलको बोटमुनि बसेर लामो ध्यान गरे पछि र केहि स्वाध्यायनमा माथा खियाए पछि मलाई प्राप्त भएको प्रेम-बोध संक्षिप्तमा यस्तो छ : (१) रागात्मक प्रेम (passionate love) आधारभौतिक (distinct, fundamental) वा एकसरो (homogenous) भावना होईन, बरु अन्य विभिन्न आधारभौतिक भावनाहरुको मिश्रण (blend) हो । मनोवैज्ञानिकहरु यसको पुष्टि गर्छन्, त्यसैले व्याख्या नगरिराखम । (२) हरेक प्रेम-सम्बन्ध (relationaship) मा चारवटा स्वतन्त्र (separate) सम्बन्ध-सुत्र (bonds, channel) हुन्छन् । यी चार सुत्रले चार प्रेम-लोकको निर्माण गर्दछन् । यी चार प्रेम-लोकको अस्तित्वको अज्ञानता नै प्रेम-दु:खको (शंशय, मतिभ्रम, असन्तुष्टी आदिका कारणले उत्पन्न हुने दु:ख) कारण हो । यसैले प्रेमको चार सम्बन्ध-सुत्र र चार लोकबारे ज्ञान हुनु अतिआवश्यक छ । के के हुन् त यी चार च्यानल/लोकहरु ? यी हुन्: (i) A को B प्रतिको मौलिक (original) प्रेम (ii) B को A प्रतिको मौलिक (original) प्रेम (iii) A को B प्रतिको जबाफी (reciprocal) प्रेम (iv) B को A प्रतिको जबाफी (reciprocal) प्रेम यी केहि स्वतन्त्र र केहि अन्योन्याश्रित चार च्यानल/लोकहरुको सार्वभौमिक सत्तालाई स्वीकार र यथोचित सम्मान गर्न सक्नेले प्रेममा कहिले दु:ख भोगनु पर्दैन । प्रेमम् शरणं गच्छामि ! Nepe
Read Full Discussion Thread for this article