Posted by: Nepe October 12, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
०४६ पछि गजलले निकै ठूलो फड्को मार्?यो । साहित्यिक पत्रिकाले गजल विशेषाङ्क प्रकाशन गर्न थाले । ०४७ मा इन्द्रकुमार श्रेष्ठ 'सरित' ले 'गजल' त्रैमासिक पत्रिका प्रकाशन गरे । त्यस्तै अमर त्यागी र नवराज रिजालले 'मर्ूर्च्छना' । दिव्य गिरी, विजय सुब्बा, दुवसु क्षेत्री, शम्भुकुमार मिलन, ध्रुव मधिकर्मी, विष्णु ब. सिहं, राममान तृषित, अमर त्यागी, सनत कुमार, गोबर्द्धन पूजा, कुषु क्षेत्री, व्याकुल पाठक, मनोज, न्यौपाने, काश्ाीराम विरस, चंकी श्रेष्ठ, मणि लोहनी, पदम गौतम, स्वागत नेपाल आदिले गजलको मलजल गरे । पछिल्लो समयमा धीरज गिरी कल्पित, श्रीबाबु कार्की उदास, मायामितु न्यौपाने, भूपेन्द्र खड्का, नारायण श्रेष्ठ, तारा मैनाली, ऋचा लुइ?टेल आदि गजलमा उदाएका छन् । हिजो गजलको अर्थसम्म नबुझ्नेहरू पनि आज पारखी बनेका छन् । गजलका थुप्रै कृति प्रकाशित भइसकेका छन् । गजल नछापिएका साहित्यिक पत्रिका भेटाउन गाह्रँे पर्छ । देशमा खुलेका एफएम रेडियोले गजलसम्बन्धी छुट्टै कार्यक्रम चलाएर गुन लगाएका छन् । ठाउ?-ठाउ?मा गजलसम्बन्धी संस्था खुलेका छन् । उनीहरू संगठितरूपमा गजलको विकासमा जुटेका छन् । गजल लेख्ाकहरूको संख्या बढ्दो छ । यो विधा लोकप्रिय पनि भइरहेको छ । तर, नया? प्रयोगको नाममा आफ्नो विचार थोपर्ने समस्याले नेपाली साहित्य नै ग्रस्त छ । यही रोगबाट गजल पनि पीडित छ । कतिपय स्थापित लेखकका गजलमा समेत काफियामा मात्रा नमिलेको देखिन्छ । काफियाबिना गजल बन्दैन । तर, आफनो सजिलोका लागि गजलको नियमलाई पुरातनवादी भनेर पन्छिनेहरू धेरै छन् । यसरी लेखिएका गजलले मन छुन सक्दैनन् । गजल गायन यतिखेर बामे सरिरहेको छ । लेखेर मात्रै हु?दैन त्यो गाइनु पनि पर्छ । आज गजलका हजारौं श्रोता छन् । त्यसैले संरचनाभन्दा बाहिर गएर गजल लेख्ने काम रोकिनुपर्छ । साथै संरचनाका हिसाबले गजल भए पनि हुने तर त्यसमा गेयात्मकता, गहिराइ भाव र मन छुने नभएर शब्दको भीडमात्र जम्मा गर्ने हो भने सही अर्थमा गजलको लोकप्रियता बढ्न सक्दैन । अभियानकै रूपमा गजल गायन अघि बढाउन स्रष्टाहरू नै अघि सरुन । जसरी गजल लेखन मौलाएको छ, त्यसैगरी गायन फस्टाउनु पर्छ । ---------------
Read Full Discussion Thread for this article