Posted by: Gautam B. October 11, 2005
clueless........
Login in to Rate this Post:     0       ?        
Very impressive newuserji. Please keep on writing. अनि नेपेजी, निकै बियोगी क्षणमा लेखिए जस्तो छ, एकदम राम्रो लाग्यो। साझाको अलिक नया बासिन्दा भएकाले पुराना धागाहरुको बारेमा तेति थाहा छैन। तपाईँका कविताहरुको धागो छ भने यस्सो पास गरौँ न है। मेरो एउटा पुरानो कविता पनि यै धागोमा झुण्ड्याऊँदै छु। पहिलो परदेश बसाईपछि नेपाल फर्केर केहि महिनाको बेरोजगार जिन्दगी बिताएपछि उब्जेको भावना हो। "म" म थुप्रै सपनाहरुले किचिएको जीव, म महत्वाकांक्षाहरुले लतारिएको यात्री; म रित्तै हात फर्केको लाहुरे, म फाइल बोकेर जुत्ता खियाउने योध्दा, म हरेकपटक थचारिइएको- आफैँ उठ्न खोज्ने मान्छे; म यहाँ प्रमाणपत्रहरुको निर्जीव पोको, म परदेश पलायनको एउटा अर्को धोको। -गोतामे
Read Full Discussion Thread for this article