Posted by: Dada_Giri October 11, 2005
Login in to Rate this Post:
0
?
अध्याय २७
--------------
आयू: द्रोणसुते
श्रियं दशरथे
शत्रुक्षयं राघवे!
ऐश्वर्य नहुसे
गतिश्च: पवने
मानन् च: दुर्योधने!
दानम् सुरोसुते
बलं हलधरे
शत्यन् च: कुन्तिसुते!
विज्ञाने बिदुरे
भवन्ती भवताम्
कृतिश्च: नारायणे!
नमेले पनि टिका लगायो। सिरेले जमुनीलाई टिका लाइदियो, जुमनीले गोडाँ ढोगी।
पशुपीले राजुलाई टिका लाइदिए, सिरे, निरे, भउते, हर्के, कैले जम्मैले टिका लाए नि त आज त।
अनि मसित पनि टिका थाप्न आए नि केटाहुर। मैले टिका लगाऽर ""ल गोडाँ ढोग्नी!"
भनेर गोडा दिएँ केरे के मान्थे केटाहुर हुन्न "गणतन्त्र चाहिन्छ!" भुनेर हातमा पो ढोग्छन् बा।
के भन्नी अब जेम्मा पनि गणतन्त्र चाहिनी अरे यिनेरुलाई।
"लौ मरिजाओ!" भनेँ।
अनि अब गुरुको हातबाट पनि टिका लाम्न पर्च है भनेसी भउते जनै र के के पोको पारेर नेपे
दाजीकहाँतिर लाए केरे गायत्री मन्त्र, गजल के के सुनाम्नी गुरु जो भनेर।
सिरेका गुरु त पुन्टे दाजी जो भैहाले केरे। अनि फेरि जमुनीले पनि बाटुली भाउजुसित के के जाति मन्त्र सुनेकी हुन् अरे केरे नि, तेसो भाऽसी बाटुली भाउजु गुरुमा परिन् जमुनीकी। अनि सिरे र जमूनी माथि डाँडाथोकतिर लाए।
हामी उता लोकराज काकाकहाँ देखुन लिएर सप्पै घर टिका लगाऽर छापाका चौतारियाँ निस्किँदा नमे पिङा थियो। मचचाइदिएको कोलाई हो कुन्नि। "ल एकछिन हाम्लाई मच्चाइदेन त उसो भा" भनेको "मामाघर जान्छु।" भन्दै उफ्रिन थालो, काहुँका डाँडातिर हुन् केरे त्यसका मावली, एक सर्को पिङ खेलसी जान्छु भन्दै थियो। पालो आउला जस्तो थिएन।