Posted by: Gautam B. October 10, 2005
kg walks again!
Login in to Rate this Post:     0       ?        
The drama is continuing. -----लेकसाइडस्थित रत्नमन्दिर दरबारबाट सहिद चोकमा रहेको अञ्चल प्रशासनसम्म डेढ किलोमिटर मौसुुफ पैदल हिँडिबक्सेको थियो । सर्वसाधारणसँगको भलाकुुसरी, पुुष्पगुुच्छा र बिन्तीपत्र ग्रहण गरिबक्सँदै त्यहाँबाट अञ्चल प्रशासन आउन छ घन्टा लागेको थियो । सर्वसाधारण राख्न बनाइएका कतिपय ब्लकहरू मौसुुफहरू सवारी भएको एक घन्टासम्म पनि खाली नै रहेपछि प्रमुुख जिल्ला अधिकारीलगायत सुुरक्ष्ाा अधिकारीहरूमा तनाव सिर्जना भएको थियो । 'लौ मानिसहरू भर्न पर्?यो' भन्दै प्रमुुख जिल्ला अधिकारी योगराज पौडेल खाली ब्लकतिर ओहोरदोहोर गरी सुुरक्ष्ााकर्मीलाई निर्देशन दिइरहनुुभएको थियो । रत्नमन्दिर केहीबरदेखि बैदाम वडा प्रहरी कार्यालयसम्म बाँसले बारेर बनाइएको ब्लकमा सर्वसाधारणलाई राखिएको थियो । रत्नमन्दिरबाट मौसुुफहरू पैदल निस्केपछि जिविस सभापति रमेशबहादुुर भट्टराई, प्रजिअ पौडेललगायतले लामबद्ध सर्वसाधरणलाई राजावादी नारा लगाउन निर्देशन दिइरहेका थिए । पैदललाई व्यवस्थित पार्न स्वयंसेवकको बिल्लामा सादा पोसाकका सुुरक्ष्ााकर्मी खटिएका थिए । सर्वसाधारणको बीचमा केही सादापोसाकका कर्मचारीले माइक लिएर 'राजा अघि बढ, तिम्रो पछि हामी छौं' भन्ने नारासमेत लगाए । एक घन्टा पैदलपछि बडामहारानी थाकेर आराम गर्न फर्किबक्सेको थियो ।---------
Read Full Discussion Thread for this article