Posted by: SHIV October 10, 2005
Login in to Rate this Post:
0
?
हाम्रो देश कति राम्रो
ज्ञाने दाई को मन कति चाम्रो
नेता जती सबै कुर्रसी तानातान
माबोबादि बंदुक हानाहान
ए औसी बारो
गाइतीहार भैळो।
नेपाल कति संझनु
सपनामा कति झस्कनु
कइले मावोबादीको डर
कइले सीपाइको डर
कसैको छैन भर
ए औसीबारो
गाइतिहार भैलो।
कती राम्रो घर सजाको
सबै मान्छे साझाको
साझाका मान्छे कति राम्रा ः)
सबै नेपाली हाम्रा
सबैलाइ नमस्कार मेरो
ए औसीबारो
गाइतिहार भैलो।
हम्रो बुद्घी घेरै छ
बुद्घी खल्ती भीत्र छ
खल्तीमा प्बाल पर्यो
बुद्घी सबै झर्यो
ए औसीबारो
गाइतिहार भैलो।
लैन अब के गर्रने
कसरी शान्ति गर्रने
बुद्घीभाको नेता खोज्नु पर्यो
अरुलाइ घपाउनु पर्यो
ए औसीबारो
गाइतिहार भैलो ।
केहि त गरनै पर्यो
जसरीनी बाच्नु त पर्यो
भोलीको के कुरा
आजको पो कुरा
ए औसीबारो
गाइतिहार भैलो।