Posted by: shirish October 9, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
नेपेगुरुले उन्को गालाको खाल्डोमा घरको जग बनाउनु भो, मैले लेख्ने उन्को नाम मेरो मष्तिष्कको कसरत लागि हो ! समयका धर्काहरु लुकाउन, श्रृंगार फेर्ने गर्छु ! मष्तिष्कको कसरत भनेरै, तिम्रो नाम केर्ने गर्छु ! जिन्दगी बुझ्न सकिएन त्यति, अनुभब हुंदा हुंदै मृत्यू खै के बुझिएला? तैपनि कात्रो चाहि बेर्ने गर्छु ! फूल झै कोमल हुने रहर, जाग्ने गर्छ घरि घरि, फुल्दछु, फुल्दिन थाहा छैन ! कांडाले पक्कै घेर्ने गर्छु ! गतिमा या घुमी रहेको छु कतै, खाली एकै बिन्दूमा ? आफ्नो अबस्था जाँच्न, बाटाका स्थीर बस्तु हेर्ने गर्छु ! or, गतिमा या घुमी रहेको छु यतै, खाली एकै बिन्दूमा ? नशा चढ्यो/चढेन जान्न, रित्तिएका शिशी हेर्ने गर्छु !
Read Full Discussion Thread for this article