Posted by: Nepe October 9, 2005
Lost baggage of Dipendra Bhujel
Login in to Rate this Post:     0       ?        
Thanks Usofa and all friends for your persistent interest in this work. I am embarrassed to tell you that a seemingly minor problem is causing this delay. Basically, I have not yet found a satisfying artwork for the front cover of the book. I spent a lot of time and a small money too looking for a satisfying artwork without success. Now a young designer from NY has promised to try some sketches for me. Basically I wanted to avoid "abstract" art that was initially proposed and instead wanted realistic artwork or modeling. (I even approached to some Sajhaites !) I am still open on this. It will be a great pleasure if I find some artist or model/s in Sajha for the front cover of my novel ! Nepe deepakkhadka@gmail.com In order to attract attention of potential artists, I am posting excerpts from the 'preface' of the book. (The preface of the book is unusually long, longer than the novel itself. Okay that's some exaggeration, but not much, really.) स्रष्टाले यहाँ . . . मनोवैज्ञानिक रुपले अत्यन्त विश्वसनीय ढंगले विकसित हुंदै गरेकी र फेरि . . . नैतिक रुपले अपराजेय नारी पात्रको सफल संयोजन-सिर्जना गरेका छन् र अन्ततः नारी पूर्णतामा मानव जीवनको इक्विलिव्रियम को अनुशीलनात्मक प्रस्तुतिले पोतेर कुशालाई अति नै महिमामय नारीको रुपमा पेश गरेका छन् । . . . . . . . . . . . . . . कथाको अन्त्यमा मात्र उसले पतिलाई सत्यता बताउदछे । कथान्तमा यौनको प्रश्न गौण भइसकेको हुन्छ, यद्यपि यौनलाई एउटा ढांट र भ्रमको रुपमा पृष्टभूमिमा अविरल जिवित राखेर लेखकले पात्रहरु र पाठकलाई समेत यौनसंग एकैपल्ट साक्षात्कृत र अस्पृश्य दुबै गराएका छन् । कुशालाई काल्पनिक व्यभिचारको पाकमा चोपेर झन् उल्टै झरझराउदी पवित्र बनाइदिएर चमत्कारै गरेका छन् लेखकले । . . . . . . . . . . . . . . . उपन्यासको गन्तव्य - सत्य प्रेमको खोजी हो । यो प्रेमको दर्ुघटना हो र फेरि प्रेमको घटना पनि हो । .........यहां प्रेमका २ रुप छन प्रकृति जन्य प्रेम र संस्कृति-जन्य प्रेम । पहिलो सहज प्रेम हो भने दोश्रो परिमार्जित, पहिलो जंगली हो भने दोश्रो आजको नागरिक । यो एक सत्य तर जंगली प्रेम र असत्य नै सही कलात्मक नागरिक प्रेम वा प्रेम व्यवस्था को वीचको तर्क शास्त्र हो । तर यो शास्त्रिय सिद्धान्त वा सुनियोजित पैरवीमा आधारित तर्कशास्त्र नभै सहज र स्वस्फर्ूत 'कन्फेशन', 'आत्म-स्वीकार' र 'अभि-स्वीकार' द्वारा निर्मित सूक्तिसंहिता हो । . . . . . . . . . . . . . . . . . . . हामी सतह मुनीका कुरा देख्छौं कि देख्न चुक्छौं वा सतह मुनि नै जान सक्छौं कि सक्दैनौं त्यो खुला प्रश्न हो । तर कुशाले भने कन्फेशनको पनि कन्फेशन, भनौं महाकन्फेशनको रुपमा यो नच्यातिएको चिठी छाडेर कतै नचुकेर गई । उ बयानमा मात्र होइन बयानको उद्देश्यमा समेत नचुकेर गई । उसले सबैलाई, उनीहरुको अधिकारले पाउने भन्दा पनि बढ्ता कुराहरु दिएर गई । उसको पतिले उ पायो, उसको नयाँ हृदय पायो । सञ्जीले त के पाएन र ? संसारको सबैभन्दा मूल्यवान कुराहरु पायो, सिर्फपत्तो पाएन । तर यो चिठी पाएपछि त्यो पनि पायो । उसले कुशा पाएन । तर उसको डेरासम्म पुगेकी कुशा भेट्ला अर्को कुनै उसले जिन्दगीमा ? कुशाले उसलाई त्यति मात्र दिइन, अब उसले सोध्न सक्ने प्रश्नहरुको उत्तर समेत दिएर गई, यो नच्यातिएको चिठीमा । . . . . . . . . . . . . . . . . . . . . तर यस्तो प्रेरक रुप मात्रै चाही पक्कै होइन मभित्र पसेको कुशाको भूत । मलाई कता कता त्यो भूतले एउटा अतृप्त आत्माको झलक पनि दिन्छ । कुशाले सबैलाई दिएर त गई । तर उ आफैले चाही यो दिनुको तृप्ति बाहेक के पाई - उसले आफूलाई जितेकी हो कि आफूसंग हारेकी हो - अथवा यस्तोखाले युद्धभन्दा माथी उठेकी हो - कि पुरानै मानसयुद्ध जारी छ, नयाँ रणनीतिका साथ - यसलाई उत्तरको रुपमा भन्दा प्रश्नको रुपमा प्रस्तुत गरेका छन् लेखकले । ----------
Read Full Discussion Thread for this article