Posted by: Nepe October 9, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
समकालिन नेपाली गजलको चर्चाहरुमा ज्ञानुवाकर पौडेलको नाम पहिला आउँछ । उनका गजलहरु सर्वोच्च कोटीका भएर त्यसो भएको भने होईन, बरु हो समकालिन गजल युगको शुरुवात गर्ने मुठ्ठीभर कविहरुमध्ये भएको हिसाबले । मोतिराम भट्ट, शम्भु प्रसाद ढुङ्गेल, भीमनिधि तिवारीकालिन गजलको शास्त्रिय युग पछि भीमदर्शन रोक्काका रचना बाहेक सामान्यतया नेपाली साहित्य गजलविहिन नै रह्यो लामो समयसम्म । २०३६ साल पछि समकालिन नेपाली गजल युग शुरु भयो ज्ञानुवाकर पौडेल, ललिजन रावल आदिहरुबाट । हुन त ज्ञानुका गजलहरु अझै पनि छन्दानुशासनविहिन र धेरथोर नारावादी नै रहेछन्, तर शुरुका गजलहरु त यी कमजोरीहरुद्वारा निकै खट्कन्थे । सम्भवत: गजलको अत्यन्तै कमजोर शुरुवातको कारणले गर्दा हो, नेपाली वाङमयको संस्थापन पक्ष (?) वा मुलधारले गजललाई औपचारिक साहित्यिक मान्यता दिन समय लगायो वा अझ दिईसकेकै पो छैन कि जस्तो लाग्छ मलाई त । "औपचारिक साहित्यिक मान्यता" भन्नुको मेरो आसय नेपाली साहित्यको पाठ्यक्रम (विद्यालय देखि विश्वविद्यालय सम्म, कतै) मा गजललाई समावेश गर्नु र औपचारिक साहित्यिक संस्थाहरुले अन्य कविता विधाको हाराहारीमा गजल विधाको पनि मुल्याङ्कन गर्ने मापदण्डहरुको स्थापना गर्नुतिर लक्षित छ । २०३६ उँधो नेपाली गजल समृद्ध र धेरै हदसम्म छन्दानुशासित भईसकेको छ । नेपालीकविता डट कमको उत्कृष्ट गजलकारहरुको रचना संकलन सर्सर्ती हेर्दा यो कुरो स्पष्ट देखिन्छ । त्यसैले नेपाली गजलले "औपचारिक" साहित्यिक मान्यता पाउँन धेरै लामो प्रतिक्षा गर्नु नपर्ला । *** *** *** *** हुन त मैले पनि गजल यात्रा झण्डै ज्ञानुवाकर पौडेलहरुसंगै शुरु गरेको हुँ । तर म कलेजका स्वागत-विदाई समारोह र साथीभाईहरु माझ मात्र सिमित रहें । प्राध्यापकज्यूहरु र केटा साथीहरुको वाह वाह र केटी साथीहरुको तारीफयुक्त नजरहरु पछि मलाई तेश्रो कुरोको आवश्यकता नै के थियो र ? रसायनशास्त्र केन्द्रिय विभागका एकजना प्राध्यापक मेरा ठूलै प्रशंसक थिए र अक्सर मसंग हात मिलाएर मेरो नमस्तेको जवाफ दिन्थे । एउटा समारोहको भोलिपल्टको उनको 'लेक्चर' मा म ढिलो पुग्दा मलाई झपार्नुको साटो अघिल्लो दिनको मेरो एउटा 'शेर' माथि टिप्पणी गरेर पुरै क्लासलाई गललल्ल हँसाएका थिए । उनले भने, " Deepakjee, your's was a hell of a FOUNDATION". मेरो शेर चाहिं यो थियो: को भन्न सक्छ मेरो घर बन्नेछ कमजोर जग तिम्रो गालाको खाल्डोमा हालेको छु । Nepe
Read Full Discussion Thread for this article