Posted by: Gautam B. October 6, 2005
Login in to Rate this Post:
0
?
"अटोग्राफ"
-१-
"कालो" अक्षर-
हेलिकप्टरबाट
कापीमा ओर्ल्यो।
-२-
सैन्य बर्दीमा
संगीनले कोतर्दै
आमाको छाती।
-३-
सकेजत्ति दे,
भोलि लोकतन्त्रमा-
लिलाम हुन्छ।
-४-
श्रीपेचसंगै,
म्यूजियम सिंगार्ने-
यी "अटोग्राफ"।
(सन्दर्भ राजाको भ्रमण)