Posted by: Dada_Giri October 4, 2005
Login in to Rate this Post:
0
?
अध्याय २३
----------
"दशैँको पिङ् हो,
माली गाईको ढीङ् हो!
च होई च होई च होई च होई... ... ..."
बिजुलीकै तालमा गाईपानी मिनेले पिंङ्को धुरीबाट कराउँदै थियो। हाम्ले डोरी बाटेर सञ्जु र म खेलेम् केरे पहिलो सर्को। राजुले मच्चाइदियो।
पछि मिने साहिँलीकाँट निस्केर झ-यो झन लर्बाराम्दै थियो, "नखेल!" भनैँ मैले मान्दैन, फेरि राजुलाई तौलो मिल्नी जोडी पनि चाहिएकै भओ केरे।
अनि भऽन भनेर पिङा चढाको हो, गामै थर्काम्नी अरि कराम्च धुरी देखुन्ट, कल्ले क्यार्न हुन्छ?
"हैन को हो त्याँ कराम्नी? कात्तिकका पहेँला बालिआँ कराम्दो रच। छाडा हुनी हैन ए मिने!" उल्टे कान्छाबाका झोक चलेचन केरे हाताँ हँसिया लिएर
आए। चौतारीमुनि उल्टे कान्छाबाको सुर्केगर्हो छ। "कात्तिकका पहेँला बालीआँ बढि कराम्छस्? सह जान्छ।" भनेर उल्टे बुढाले बार्दलीबाट गालि अरे केरे
मिनेले ज्यानगए टेर्नि हैन।
*** *** ***
भोलिपल्ट त अब अस्टमी भैहाल्यो। पिङ्को त २४सै घन्टा डिप्टी। घुमेको छ घुमेको छ।
सानडाँडी त खिएर साऽनो भऽको यत्रो के, कुल्पि जत्रो। अब कुन चढ्दाखेरि यो भाँचिन्छ भै हो, भन्छु म भाँचिन्न भन्छन् फुच्चेहुर! लिन पठाम्च भनेर नि।
उल्टे कान्छाबाकी छोरी जुन्तरी पिङा चढ्या बेला, यता बुढाघरे स्याना पण्डित पुनि चढे केरे। यता निरेले मच्चाम्न थालो। डल्लीले पुनी मचाम्न थाली।
जुन्तरीको तौलै बढि के, सान्डाँडी त भाँचिई गो जुन्तरीतिरको। माथि धुरिभाट हाम्फाल्यो पण्डित जुन्तरीमाथि ड्याग्रागं।
अनि जुन्तरी रुँदै घर गई। उल्टे बुढा आए। नबोलिकन।
"लौ खा! लौ खा! बाजे भन्चु कि क्या हो। बाजे भन्चु कि क्या हो। कात्तिकका पहेँला बालिआँ सह फालेऊ। बढि कराऽर।" सान्डाँडी त काट्न लाए, यार उल्टे बुढाले।
खेमे डराऽर कान्लातिर गो। अनि राजुको लाटो रीस निस्क्यो। राजु हत्तपत्त रिसाम्दैन रिसाएसी त्यसको रीस पशुपतीले नि थाम्न सक्दैन केरे।
अरुका त कुरै छोड्दिम न। "ए उल्टे बुढा! तिमी यहाँ थुपुक्क यहाँ बस।" मिने र राजुले उल्टे बुढालाई पिङा चढार अनि घुईँ घुईँ। ... ... ...
---------------
सत्य घटनामा आधारित