Posted by: Poonte October 3, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
नामै "प्रिट्टी" देखेसी असहिय भो...बोल्नै परो! नानी कता छौ, कुन्नी? तर हाम्काँ त चिनियाँको पसलाँ पाईन्च टिमुर। "Sezhuan Peppers" भन्छन्। तर हाम्रो जस्तो पिरो र मीठो चईँ हुन्न। हेर्दा नि रातो रातो हुन्च। आफू त नेपाल बाटै झिकाको टिमुर चलाउँछु। चाईन्च भुने पठाईदिम्ला के रे एक मुठी। खबर पाम, ठेगाना दिम। धोबिनी कै च्यात्ति सकेको पेटिकोटको टुक्राँ पोको पारि हुर्र्याईदिम्ला! यो भउते ले चईँ अर्नु अ-यो फेरि। खान नदिनी भए क्यार्न फोटा मात्र देखाका होलान्? पाप लाग्छ तिम्लाई अब! अर्को जुनिमा, भित्ता भरि म:म:, सेल, आलुको अचार, गोलभेंडाको चटनी, खसीको मासु, आदिको पोस्टर भा' कोठाँ खाना/पानी बिना थुनिने छौ! धोबिनी कै च्यात्त्या पेटिकोट कै कस्सम्, लु!
Read Full Discussion Thread for this article