Posted by: Nepe October 2, 2005
Kamala Sarup
Login in to Rate this Post:     0       ?        
अचम्मको कुरा त यो छ कि, नेपाली राजाको गुणगान गाउनका लागि गठन गरिएको संघमा भूटानीलाई समेत राखिएको छ । उनी हुन्- विष्णु प्रधान । खुदुनाबारी क्याम्पमा रहेका प्रधान भूटानी आन्दोलन छाडेर अमेरिकामा शरणार्थीको रुपमा बस्दै आएका छन् । अमेरिकामा रहेका बहुसंख्यक लोकतन्त्रवादीहरुलाई काउण्टर दिन यसरी गठन गरिएको सो संस्थाका कारण उल्टै राजावादीहरुबीच भाँडभैलो मच्चिएको छ । त्यसैले संगठनमा राखिएका महासचिव आमोद कटुवालले नै भन्न थालेका छन्- यस्तो संगठन गठन गरेर केही पनि हुँदैन । संघमा आफ्नो नाम राखिएकोमा उनले पनि आपत्ति जनाउन थालिसकेका छन् । राजावादी संगठन निर्माणका लागि दिलनाथ गिरीगोविन्द गिरी कस्सिएर लागेका थिए । उनीहरुको चाहना संघको अध्यक्ष हरि शर्मालाई बनाउनुपर्छ भन्ने थियो । यही कुरा लिएर वासिङ्टनडीसीमा परराष्ट्रमन्त्री पाण्डे पुग्दा भेट्न गएका गिरी बन्धुहरुलाई मन्त्रीले कुनै टेरपुच्छर नलगाएपछि उनीहरु जिल्लिए । उता गिरीबन्धुले दरबारबाट स्वागत समारोहका लागि आएको रु ५० हजारमध्ये २५-२५ हजार बाँडेको आरोप राजावादीबाटै लागेको छ भने गिरीबन्धुहरु उल्टो राजाको नाममा आफूहरुको आठ सय डलर खेर गएको बताउन थालेका छन् । _____________
Read Full Discussion Thread for this article