Posted by: Nepe October 2, 2005
Kamala Sarup
Login in to Rate this Post:     0       ?        
Here is a tabloid news about the crisis inside a newly formed "Rastrabadi [Mandal] Sangh". According to the news Kamala Sarup is in the advisory board of the group. - http://www.nepalnews.com.np/contents/nepaliweekly/janastha/2005/sep/sep28/mainnews.php#12 अमेरिकामा राजभक्तहरुबीच भाँडभैलो न्यूयोर्क । माओवादीले जनसरकारमा गाउँका मान्छेहरुलाई सोध्दै नसोधी राखेजस्तै अमेरिकामा रहेका राजावादीहरुलाई जम्मा पारेर परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले खोलेको "नेपाली राष्ट्रवादी संघ" का पदाधिकारीहरुले संघ गठन भएको एक हप्ता नपुग्दै धमाधम अलग्गिन थालेका छन् । सरकारी ढुकुटीबाट पाँच हजार डलर खर्चर गरेर अर्जुन थापाको पहलमा मान्छे जम्मा गरी यसैहप्ता न्यूयोर्कको एउटा भारतीय भोजनालयमा सो संघको गठन गरिएको थियो । जसमा मनगढन्ते ढङ्गले पदाधिकारीहरुको मनोनयन गरिएको थियो । यसरी राखिएका मध्ये मुख्य सल्लाहकार डा. खगेन्द्र थापालाई आफ्नो नाम त्यसमा कसरी समावेश गराइयो त्यो कुरा नै थाहा छैन । डा. थापा भन्नुहुन्छ- "त्यो मन्त्री नै सिल्ली रहेछ, अमेरिकामा मैले यस्तो काम गरेर आएँ भनी राजाको आँखामा छारो हाल्न यस्तो काम गर्?यो, यस्तो संस्थामा मेरो नाम आएकोमा मेरो आपत्ति छ ।" आफ्नो नाम सल्लाहकारको रुपमा राख्नेहरुलाई फटाहाको संज्ञा दिंदै उहाँ थप भन्नुहुन्छ- "म त्यो संस्थाको सल्लाहकारको रुपमा बस्ने कुरै छैन ।" यसैगरी अर्का सल्लाहकार डा. इश्वर देवकोटाले पनि सल्लाहकारमा आफूलाई राखिएकोमा असहमति जनाएका छन् । सल्लाहकारमा अब क्यानाडाका किरण ढुङ्गाना, कमला सरुप, नरेश श्रेष्ठ कमल पाण्डेमात्र बाँकी छन् । सो संगठनको सभापतिमा विशालविक्रम शाहलाई राखिएको छ, जो तत्कालीन परराष्ट्रमन्त्री नरेन्द्रविक्रम शाह, एमालेको नौ महिनेकालमा न्यूयोर्क मिशनको स्थायी प्रतिनिधि भई आउँदा भान्सेको रुपमा अमेरिका भित्र्याइएका थिए । सदस्यको रुपमा राखिएका र कोलोराडोमा बस्दै आएका इलामे गङ्गा चौलागाईंले पनि फटाहा मन्त्रीले गठन गरेको संघमा आफू नरहने जनाउँदै गरिब राष्ट्रको मन्त्रीले राष्ट्रको सम्पत्ति ब्रम्हलुट गरी आएर गठन गरेको बताएका छन् । संगठनको उपाध्यक्षमा राखिएका आङकामी शेर्पा नवराज गुरुङले यसअघि नै आफ्नो असहमति जनाइसकेका छन् भने राप्रपाका कार्यकर्ता चन्द्रबहादुर गुरुङले समेत त्यस्तो संस्थामा आफ्नो नाम कसरी आयो भनी प्रश्न गर्न थालेका छन् । यो संस्थाका अधिकांश पदाधिकारीहरु न्यूयोर्कस्थित ३९७७ एकाउन्ट स्ट्रिट बुडसाइडको बिल्डिङमा बस्ने गरेका छन् ।
Read Full Discussion Thread for this article