Posted by: Bhaute October 2, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
लौ हेर त दादाको चाला, ढ्वाङ् ढ्वाङ्तै गफ छोड्नी, पुलिसले अश्रु ग्यास छोडे जस्तो। अब केका रतेउली खेलेर उठाउनि हो पैसा। त्यो त पुन्टेदाई दिउशै रउसी खा'र धोबिनीका च्यात्तेका पेटिकोटको बारेमा बर्बराउँदै हिँडेछन्, अनि आमा पाटीले समातेर पुन्टे दाई सँग डाँडेका पैसा हुन् नि। अनि भैलो सैलो खेलेर उठाका पैसा पनि जोडेर धारो बनाका रैछन् के रे। अनि अलि अलि गाउँका माउबादीपनि आर पाइप पुर्ने क्यार्ने अरेका रैछन् के रे। अन्खेरि यो त हाम्ले बनाको "जनधारो" हो भनेर झन्डा गाडेछन् के रे। त्यै गा'को असारको कुरो त हो नि। साउनमा त कताट आर्मी पसेछ गाउँमा, "आतङ्ककारीले बनाको धाराको पानी खानी तिमेरु सबै आतङ्ककारी हौ" भनेर गाउँलेलाई १-२ झापड पनि हानेछन्, धारो सारो पनि भत्काएर फाल्दिए अरे। राजु र खेमे ले नि १-१ थप्पड खाए रे। जमुनी र सञ्जु त टौवा मुनि लुकेका रे। लौ जा त ! :-))) :-) -भउते
Read Full Discussion Thread for this article