Posted by: Dada_Giri October 2, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
अध्याय २० ----------- पपि सबभन्दा अगाडि थियो। हामी बतासिँदै पोखरीको डिलमा पुग्दा, सञ्जु भने भ्याकुता जस्तो भट्या भट्या गर्दै थिई। के को बोल्न सक्नु नि मुखभरि धमिलो पानि थियो त्यसको त। पपिले पछिल्लो देब्रे खुट्टा उचालेर तुरुक्क तुर्क्यायो। के गर्ने गर्ने बिलखबन्दनमा परेछ के पपि पनि। अलमल प-यो भने त्यस्तै गर्छ सँधै। मैले हतार हतारमा टोपी फालेँ र झ्वाम्म हामफालेँ, राजुपनि "पपि!" भन्दै त्यो जिन्स पाएँटसितै हाम्फाल्यो। राजुले "पपि!" भनेको सुनेसी पपि पनि बिचमा तुर्कान काट्दै हाम्फाल्यो। मैले सबभन्दा पहिला सञ्जुलाई भेटेर हात दिने र बहादुरी देखाउने कत्रो अभिलासा थियो, पपिले पो उडाइदिन्छ बा। म त किंकर्तब्यबिमुढ नि अब। हात दिन त पाइन पाइन तर क्यार्नु ढाडतिर भने आड दिन पाएँ। राजुले खुट्टातिर आड दियो, होला भन्छु। हातले त सञ्जुले पपिको पुच्छर समाती के, दुइटै हातले। क्या बोर भो। पपि , सञ्जु , म राजु जम्मै पोखरीमा गुटुमुटु। अरु त रमिता हेरिराऽ भन्या मलाई यस्तो रीस त उठेन नि। पपिसित के। "राजु यो पपि बेच्दे यार!" बाहिर निस्केसी भनेँ। "तितेपानी मिनेले आई सि २० रुपियाँ दिन्छु भन्याछ। अघि धन्न सञ्जुलाई टोकेन।" त्याँदेखि राजु मसित बोल्नै छोड्यो। हामी सबै पोखरीमाथिको धारोमा नुहाउन थाल्यौँ। ... ... ...(हामी पोखरीमा जोलट्ठिएको फोटो कता परेछ।)
Read Full Discussion Thread for this article