Posted by: shree5 September 29, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
नेपे दाजी ले आर्को कुन्नि कुन मुन्छे हो साथाँ लेर गएर थाराको गोठमा चईनी जन्ती ख्वाम्नलाई भात-भान्साको तयारी अर्न हिजै उता लागेका हुन केरे । चईनी छापाको चौतारिमा पुग्नी बेलाँ जन्तीले नगरा लाम्न लाका छन । बाजा बजाम्नी हुरले यो नगरा लाएसी येता हुँदी घुमफिर अर्नि दोख, भूत, पिचास, राक्षेस, बन्डाईनी, किचक्न्नी सप्पै मक्ख परेर नाच्छन अरे, र त्याँसी बल्ल दुख दिन्नन अरे के । यो नगरा धुनको बाजा बजाम्दा अचम्म जो हुन्छ, कहिलेकाँही तो ग्रुपमा भाको एक जाना न एक जानालाई चईनी झाँक आम्च र उ आफ्नै सुरमा बेस्सरी जो हल्लिन थाल्च, त्याँसी नर्सिङ्गा र कर्नालले धार दिन पर्च र उ बिस्तारै थामिन्च । तो सपभन्दा अगाडि नरसिङगा फुक्नी पसुपति दमै हुन केरे, राजुका बा । मेरो र जमुनिको ब्या भनेसि त बाजा बजाम्नीका नाईके भाका छन तिनी त । पछिल्तिर लईनमा चईनी नम्मे, र दादा खुट्टो उचाल्दै बस्दै र उठ्दै गरेर नाच्दै छन । सनाहीको आबाज कति मीठो सुनिएको हो । ल येस्तैमा चईनी पुन्टे दाजी अगिल्तिर आए केरे, मैले त नगरा लाम्दाको झाँक बुढालाई आएछ कि भन्ठानेको, अब किचकन्नी भूत पिचास जति जे पुनि उनैलाई लाग्नी केरे, तर हैन रैच, बुढा त गीत गाम्न पो आएका रैचन केरे । ल अब पन्चे बाजा सितै पुन्टे दाजीको स्वर अनि दादा र नम्मे नाचेको देखदा त मलाई पुनि डोलीबाट झरेर नाचम नाचम झै जो लागो । किन रोयौ दमिनी भाउजु दमै दाईले कुट्यो कि ट्याम्को फुट्यो कि.... ट्यानाकुटि ट्यानाकुटि झ्याईँ गुनुनुनु गुनुनुनु ढ्याईँ
Read Full Discussion Thread for this article