Posted by: shree5 September 29, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
गाममा चईनी केटा धेरै केटी थोरै भाको बेला परो केरे । चईनी तेसो भासि के के हुनी के के । अब लरक्कका सलक्कका केटीहुर भनेका चईनी जमुनि र सन्जु हुन केरे । खाईलाग्दा र लोर्के केटाहुर भनि एक मेसै के, अब म जो भएँ केरे, दादा, नमे, खेमे, राजु को को हुन को को के डाँगा हुर । भउतेको त झन कुरै नअरम, तिनले त सात गामका केटीहुर ताकेर बस्छन, के को ताक्नु मत्रै हो र, हुन त यहाँ अपुर कुरो नअरम । अब चईनी बेसिथानेले भनि तेस्तो ठिटी जिस्काम्नी, चईनी मया पिरीम लाम्नी कुरा अर्दैनन है, सारै सोझा छन केरे । हुनु हुनामि चईनी हिजो त निरे पुनि आको गाँठे चुरेटा दाईकहाँबाट कालो चस्मा किनेछ र तो पुनि टाउकाँ लाको के, आखाँ नि हैन । अब जमुनि र मेरो, त्याँसी दादा र सन्जुको कुरो त भित्र भित्र गाईगुई चलेकै हो केरे । जमुनिका घरकाले भनि मलाई असाध्य रुचाउनी के, दादालाई भनि लोकेले देख्न माग्दैनन र पो । जे होस, खास त जमुनिका बा भउतेका ठाईला मामा जो हुन केरे । भउतेलाई के सिरिङ्गी चलेछ कुन्नि, मेरो त चईनी ठूलो गुन अरे केरे नि भउतेले । अनि भउतेले चईनी आफ्नो मिलमा जो बोलाए केरे जमुनिलाई र मलाई र हाम्रो तेहाँ सल्लाहा भओ । अब दिन दिन चईनी उसलाई माग्न पुनि मुन्छे आम्न लागे । भउतेले चईनी हाम्रो कुरो थाहा पुनि पाका, फेरि हाम्रो सहयोग पुनि अर्चन के तिनले । तेसैले भउतेले आफ्ना मामा माईजुसित गएर चईनी "हेर्नुस ठाईला मामा, चईनी तपै जाद्रै बुढो हुनु भओ केरे, आज हो कि भोलि हो जस्तो हुनु भयो, चईनी यै एउटी जमुनिको पुनि कन्नेदान अर्न सक्नु हुन्च कि सक्नु हुन्न, मलाई त डर लागो । चईनी सिरे अब यो गाममा मत्रै हैन, यो भेकमै चईनी नपाईनी लोर्के केटो छ केरे, फेरि दुईटाको चईनी मया पिरिम कुन्नि के के जाति पुनि बसेको, अब केलाई कुर्न परो र, जन्ति पर्सिम भो चाँडै जो" भनेर फकाएछन । जमुनिका बाका मनाँ पुनि ठ्याक्कै तेही कुरो रैच, बुढाले मानि हालेचन केरे । त्याँसी चईनी कुरो छिनेर बराउनी अरेर जमुनिका परिवार, मैले, भउते, दादा, नम्मे, र बेँसीथानेले चईनी रातो टिको लाको अगिल्लो साता त हो नि । त्याँसी धेरै हल्ला खल्ला न-अरिकिन चईनी मेरो र जमुनिको ब्या अरिहाल्नी कुरो भओ । हिजो हो केरे हाम्रो ब्या भाको । चईनी साझाबासी हुरले हामलाई केरे चईनी सुभकामना देलान भनेर मत्रै भनेको, नत्र खास्सै हल्ला गर्न भनि नहुनि भाको छ के । कुरो के भनि जमुनिको ठ्याक्कै उमेर त कसैले पुनि सम्झेका रईन्चन, तर जमुनिकी आमाले चईनी सोह्र भई कि सत्र भई भन्थिन । पुन्टे दाजी हुन केरे येस्ता नियाँ-निसाफी चईनी अड्डातिरका कुरा जान्नी, पुन्टे दाजीले मलाई "हेर सिरे, चईनी अठार बर्ष नपुगेकि ब्या अर्न र अराम्न पाईन्न, कानुनले दिन्न, अब जमुनि कतिकी भई सबुत परमान छैन, तेसो भासि कसैले चईनी बाला-ब्या अरे यिनारुले भनेर चईनी उजुरि अरो भनि तँलाई पुलिसले लगेर थुन्च, जमुनिलाई चईनी बा-आमाकाँ पठाईदिन्च, तेसैले धेरै हल्ला नअर्नु नि " भनेर सम्झाका थे के । जे होस, मेरो र जमुनिको ब्याऽ का फुटाहुर टाँसेको छु केरे, हजुरहुरले कस्तो मान्नु हुन्च कुन्नि ?
Read Full Discussion Thread for this article