Posted by: Dada_Giri September 28, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
अध्याय १८ -------------- "केटाकेटीको जाडो त बोकाले खान्छ काका।" मैले काकालाई घत पर्ने जवाफ दिएँछु क्यार! "तलाईँ उल्लु! बुवा कता हुनुन्छ?" भन्दै काका हाम्रो घरतिर बढ्नु भो। माथिबाट सिरे र दमैको राजु पनि झर्दै थिए। ज्वाईँ जेठान मिलेर झर्छन् बा, काँ गाऽरेछ सिरे कुन्नि बिहान बिहान। ए पशुपतिकाँ गाऽको कपडा सिलाउन दिनलाई। राजुकी बुइनी र जमुनी सैना हुन् के अनि हाम्ले तिनेरुलाई ज्वाईँ जेठान भुनेर जिस्काम्थेम्। राजु खुशी हुन्थ्यो सिरे भुने रिसाए झैँ ग-थ्यो। "म खेल्नी हो फसमा। म खेल्नी हो!" हाम्ले पिङ् हालेर सक्दा नसक्दा खाना साना खाएर सञ्जु पनि आइपुगी। "गर्ने गाँथ्ने हनुमान पगरी गुथ्ने ठेडु?" मैले सञ्जुलाई जिस्काइदिएँ। सञ्जुले मेरो रीस खेमेतिर पोख्दै प्याट्ट हानी। खेमेको खल्तिबाट खैनिको बट्टा झ-यो झण्डै पोखिएन। "यता पोख्दिइस् छँडुली!" खेमेले कपाल तान्दै भन्यो, "खेल्नी होस् भने जा भावियो लेऽर आ। तेरी आँवैसित मागेर।" हाम्ले २ पिर्के पिङ् भने पनि साना डाँडीसम्म बनाएर अनि २ तिर २टा डोरीको प्रयोग गर्थेम् के। १,२ मुठा बाभियो पनि चाहिन्थ्यो। "हजुराँ भावियो काँ छ ?" "कसको भैँसी फुक्यो र बाभियो चाहियो तँलाई?" "पिङाँ हो के बुढी!" सञ्जुकी हजुराँले कचकच गर्दै धन्सारको आँटीबाट १ मुठा बाभियो झिकेर दिनुभो। सञ्जुले हजुराँ भित्र पसेसी १ मुठा अरु थपी र लेऽर आई। "ल, अब त खेल्न पाइएला नि। कि खैनीपनि किन्दिन पर्नी हो?" सञ्जुले बाभियो भुईँमा राख्दै खेमेलाई व्यगं हानी। "भिजाऽर ल्याम्न पर्च पोखरीआँ गेऽर त्यसै हुन्च, कस्ती रैचिन यिनी त।" राजुले थप्यो, डोरी बाट्ने त राजु हो नि। सञ्जु छँडुली आत्तिँदै पोखरीमा गेऽर बाभियो भिजाउन खोज्छु भन्दा त कुन्नि केले हो चप्पलै अल्झाएछ त्यसको त। हिँड्नै जान्दिन के उरन्ठेउली छ। झ्वाम्म पोखरीमा पो पर्चे। गोबरै गोबर पग्लेर पहैँलो पोखरी सञ्जु त कता हो कता नि। झ्वाम्लागं परेको आवाज सुनेर हाम्रा ध्यानजति त्यतैतिर आकर्षित भए। "पपी" हाम्फाल्दै पोखरीमा पुग्यो। "ए सञ्जु लड्लिस् है तँ त उत्ताउलि छस्।" भन्दै हामीपनि पोखरितिरै लागेम्। to be contd.
Read Full Discussion Thread for this article