Posted by: Mitra 2 September 28, 2005
छपनीले छान छान Chhapani le chhan chhan
Login in to Rate this Post:     0       ?        
यो प्रसिद्ध लोक गीत एक साझावासी मित्रले पोष्ट गर्नु भएको थियो। नेपालीमा टाईप गरेर फेरी टांस्दैछु। कसैसंग यसको संकलन छ भने कृपया खबर पाऊं। स्वर तथा संकलन: गंगा वरदान छपनीले छान छान डबकीले हान डबकीको निघारैले लाग्यो मलाई वान (वाण?) घुमाई लेउ न नानी घुमाई लेउ न बारुले कम्मर घुमाई लेउ न साथै बसौली नानी साथै हांसौली दुई दिनको जीवन यो संगै बिताउली वारी पीपल नानी पारी बर हामी दुईको मन मिले किन बस्छ्यौ पर छम छमी नानी छम छमी देखाई देउ दुनियांलाई छम छमी कति रमाईलो छ आजको दिन भेट भयो दैव संजोग हाम्रो मिलन लहै बरी लै लै हाम्रो यौवन पिउनै पर्ने यो डबकी जाँड छिन-छिन छपनीले छान छान डबकीले हान डबकीको निघारैले लाग्यो मलाई वान
Read Full Discussion Thread for this article