Posted by: nepalean September 28, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
अध्याय १७ ---------- खास राजुका बा को नाम लाटे दमै हो के । खास त शंकर परियार हो तर बुढाले कान अलि कम सुन्चन के तेसै भर लाटे दमै भनेका हुन । लाटे बुढा भ नि मन चाइ बुढा भारैनच । अब कान कम सुन्ने एक सुरआं काम अर्नि अनि त बैशा कुन तरुनि ले हेर्नि त नि ? फोटा छन नि छेउको उ दमै जगते हो के । हो उसको बियामा जादा चापाकोटबाट राजुको आमालाइ भगार ल्याका रचन के । बुढा लाटा लाटा तर बियामा रैसि खा सि त बुढालाइ बैशले छोच अनि त भोटेसालमा उठि बसी नाचेछन । त्यो देखेर राजुकि आमा त हेरेको हेरै नि । अनि त बुढाले जगतेकै जन्ति सं लाटि दमिनिलाइ भगार ल्याचन । नाम लाटि दमिनि भ नि कान त राम्रै सुन्चिन क्या । बुढाको नाम लाटे दमै भर लाटि दमिनि भनेका हुन । तर लाटे दमै ले राजुको कुकुर त दख्नै हुन्न के फेरि , दिइ हाल्चन ढुंगाको झटारो । खास के र च भने राजुको पपि सानो हुदा बुढाको कुखुराको खुट्टो टोकि दिएच । त्यो कुखुरो बुढाले लाटि दमिनिलाइ दिएको प्यावो हो के अनि त बुढाको मन कटक्क भच । तेइ भर त हो त्यो कुखुरो बुढा जता जता जान्चन उतै उतै लाउच । फोटां पनि ठ्याक्कै पचाडि र च ।
Read Full Discussion Thread for this article