Posted by: Nepe September 27, 2005
SOUNDS...Sitara
Login in to Rate this Post:     0       ?        
सिताराका पछिल्लो कथा 'शिखा' र त्यस अघिका एक दुई आख्यानहरुको आधारमा मैले जानी नजानी उनलाई समग्रतामा भन्दा विस्तृतिमा कुशलता देखाउन सक्ने विदुषी भनेर परिचय काटेको थिएँ । हेर्नुहोस् मेरो पछिल्लो टिप्पणी: - http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=21634#142903 स्निग्ध (smooth) आख्यान, मादक शैली, पात्रहरुसंगको दार्शनिक घनिष्टता र जीवनका शास्वत (eternal) प्रश्नहरुमाथिको कटिवद्ध खोज-भाव सिताराका विशेषता हुन् । वास्तवमा सिताराको श्रेष्ठता कथाको विहङ्गम चित्र (bird's eye view) वा संगठनमा भन्दा तिनको सुक्ष्म परिपाठ (fine detail) मा बेसी झल्किन्छ । काव्यात्मक बहाव, यथास्थान दार्शनिक टिप्पणी र बेजोड प्रत्युत्पन्नमति (wit) ले सितारा आफ्ना पाठकहरुलाई भुतुक्कै पार्छिन् । परन्तु, "Sounds" कथा पछि मेरो धारणा बदलिएको छ । कथ्यको समग्रता र कथनको विस्तार दुवैमा गुरुत्व र सिप भएको रचना हो यो । यो कपीलिका दृष्टि (ant's eye view) मा मात्र होईन विहङ्गम दृष्टिमा पनि उत्तिकै जँच्ने रचना हो । प्रकाशन सम्मान पाएकोमा थप बधाई ।
Read Full Discussion Thread for this article