Posted by: Nepe September 27, 2005
Murari Raj Sharma in US being used for personal gains
Login in to Rate this Post:     0       ?        
नाटकमा बुख्याँचाबाट आजित नागरिकले हातेमालो गरी त्यसलाई पछार्दा सहभागीहरूले यति धेरै ताली गुन्जाए कि, मानौं निरंकुशता ढल्यो । रामेश र रायनबाट 'आऊ मिलाऊ यी हाम्रा हातहरू' भन्ने गीतबाट सुरु भएको कार्यक्रममा देउडा गायक नन्दकृष्ण जोशीले 'झ्याम्म-झ्याम्म' भाकाको प्यारोडी गाउँदा कीर्तिपुर नै जागेको थियो । सबैले गाएका थिए, स्थानीयवासीले छत र बार्दलीबाट समेत ताली बजाएका थिए । गायक मोहन दुवालसहितको टोलीले 'आइज गोली आइज, पुच्छर उचालेर आइज' गीतलाई नेपाल भाकामा गाउँदा कीर्तिपुरवासीले आफ्नो गौरवशाली इतिहासको स्मरण गरे । 'हामीले त २०३६ सालमै लोकतन्त्रको पक्षमा शतप्रतिशत मत खसालेका थियौं,' समाजसेवी शिवशरण महर्जनले भन्नुभयो । २०४६ सालको आन्दोलनका क्रममा कीर्तिपुरमै सहादत प्राप्त गरेका लहनबहादुर महर्जन, राजेन्द्र महर्जन र राजमान मालीका परिवारलाई मञ्चमा बोलाउँदा सहभागीहरू निकै भावुक भएका देखिन्थे । कार्यक्रममा लोकतान्त्रिक चलचित्रकर्मी मञ्चले 'नेपाली लोकतान्त्रिक आन्दोलन' को शुभमुहुर्त गरेको थियो । नागरिक शक्ति लम्सालले 'लोकतन्त्र' भनेर निर्देशन गर्दा सहभागीले जिन्दावाद भनेका थिए । नागरिक समाजका अगुवा डा. पाण्डेले क्यामेराको स्विच अन गर्दा मानव अधिकारकर्मी पहाडीले क्ल्याप गर्नुभएको थियो । मञ्चले जारी आन्दोलनलाई पर्दामा उतार्न विरोध कार्यक्रमहरूको निरन्तर छायांकन गर्दै आएको छ । ____
Read Full Discussion Thread for this article