Posted by: Nepe September 27, 2005
Murari Raj Sharma in US being used for personal gains
Login in to Rate this Post:     0       ?        
Shiv, You sound relatively decent. So I am tempted to have a conversation with you. However, before I reply to your specific queries/comments, I would like to tell you very frankly that I think your and my perceptions regarding yardstick of moral values and ethics, what is important and what is not, what makes a difference and what does not, how important it is to be careful, accurate and responsible when we judge others etc differ a lot. So I am not sure if we can have a meaningful conversation on political topics when our values and style of thinking do not match. In any case, welcome to Sajha (supposing you are a silent reader and not some old poster) and hope to have more conversation where we can understand each other better. Nepe *** *** *** *** *** To continue with my reservation regarding Murari-jee's speech at NY rally, particularly it's failure to identify with Citizen's movement's grievance with political parties' frailty and indecisiveness regarding democratic republic, here is Kantipur's report on Kirtipur rally of Citizen's movement with my highlights to highlight my point to Murari-jee. खुट्टा नकमाऊ नेताहरू कान्तिपुर संवाददाता कीर्तिपुर, असोज १० - नागरिक समाजका अगुवाहरूले लोकतन्त्र स्थापनाको आन्दोलनमा खुट्टा नकमाउन र सम्झौतापरस्त प्रवृत्ति त्याग्न दलका नेतालाई आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय समुदायबाट बहिष्कृत सत्ता रहिरहनुले राष्ट्रिय अस्मिताकै क्षति हुने पनि उनीहरूले औंल्याएका छन् । 'नेताहरूले एउटा आँखा जनतातिर र अर्को दरबारतिर गर्ने प्रवृत्ति त्यागून्,' सोमबार यहाँको विशाल नागरिक सभामा डा. देवेन्द्रराज पाण्डेले भन्नुभयो- 'जनता गणतन्त्रको दिशामा अघि बढिसके, दलहरू आन्दोलनका नाममा शिथिल कार्यक्रम लिएर बसेका छन् ।' दल र राजाबीचको सम्झौताले जनतालाई सधैं धोका भएको उल्लेख गर्दै उहाँले लोकतन्त्रमा त्यसो हुन नपाउने बताउनुभयो । 'प्रजातन्त्रमा जुनसुकै बेला राजा र दलबीच सम्झौता भयो,' उहाँले भन्नुभयो- 'लोकतन्त्र प्रजातन्त्रभन्दा शब्दमा मात्र फरक होइन ।' जनतालाई थाहै नदिई तीन वर्षदेखि राज्यको ढुकुटी खर्च भइरहेकोमा पाण्डेले आपत्ति जनाउनुभयो । 'जनताको अनुमतिबिना राज्यको ढुकुटी खर्च गर्ने अधिकार कसैलाई छैन,' उहाँले भन्नुभयो- 'राजाबाट आफ्नो हात जगन्नाथ भइरहेको छ ।' मानव अधिकारवादी नेता कृष्ण पहाडीले आफूहरू अहिंसात्मक आन्दोलनमा परालको खुट्टा लिएर नआएको उल्लेख गर्दै दलहरूलाई पनि फलामे खुट्टा बनाउन सुझाव दिनुभयो । विदेशी पैसाले आन्दोलन गरेको भन्नेहरूले त्यसको प्रमाण जुटाउन चेतावनी दिँदै उहाँले भन्नुभयो- 'नेपाली पैसाको खोलो बगाएर विदेशी बैंकमा जम्मा गर्नेको नाम सार्वजनिक गर्नुपर्छ ।' स्वदेशी पैसाले विदेशी बैंक भर्नेहरूले जनतालाई आक्षेप लगाउन पाइँदैन भन्दै उहाँले राजाबाट जनतालाई सुमसुम्याएर अभिव्यक्ति स्वतन्त्रताको घाँटी रेट्ने कार्य भइरहेकोप्रति सचेत रहन आह्वान गर्नुभयो । उहाँले राजाको सत्ता अन्तर्राष्ट्रियस्तरमा बदनाम भइसकेको बताउनुभयो । अमेरिकी राष्ट्रपतिले न्युयोर्कमा राष्ट्रसंघीय महासभाका सहभागी राष्ट्र/सरकार प्रमुखहरूलाई दिने चियापानमा नबोलाउने संसारका एघार राष्ट्रका तानाशाहको सूचीमा नेपाललाई पनि पारिएकाले राजाको भ्रमण नभएको जानकारी दिने डा. तुलसी गिरीको भनाइ पहाडीले उद्धृत गर्नुभयो । 'यसरी अन्तर्राष्ट्रिय जगत्बाट समेत बहिष्कृत सत्ता धेरै दिन रहिरहनु राष्ट्रिय अस्मिताका लागि खतरनाक हुन्छ,' उहाँले भन्नुभयो । उहाँले नागरिक र राजनीतिक समाजको शान्तिपूर्ण कार्यक्रममा दमन नगर्न सुरक्षाकर्मीलाई सचेत तुल्याउनुभयो । 'पत्रकार, प्राध्यापक, इन्जिनियर, वकिल, नागरिक समाज र बुद्धिजीवीलाई दमन गरे दुनियाँले सुरक्षाकर्मीलाई भाडाको घोषणा गर्नेछन्,' उहाँले भन्नुभयो ।
Read Full Discussion Thread for this article