Posted by: Dada_Giri September 26, 2005
Login in to Rate this Post:
0
?
अध्याय १६
----------
डरले होला खेमे सबभन्दा पछाडि थियो। सिरेभने अगाडि अगाडि थियो। जमुनीको कुरा गरेर जगाईदिएछि अघि अघि सर्ने त बानि नै हो के सिरेको। त्यहाँ जमुनी समुनी थिइन् किन अघि अघि जानु प-यो त नि बेकारमा हैन। तैपनि जान्छ के बिचरा सिँगौरी खेल्दै।
यही बेलामा घरतिर पपि भुकेको आबाज सुनियो। खेमे त डराएर बिचमा घुस्छ बा।
***
हामी पुन्टे दाजीका कटेरामुनि पुग्दाखेरि पुन्टे दाजीको राँगो फुकेर यताउता गर्दै थियो तर तगारो लगाऽको हुनाले बाहिर भने निस्किन सकेको थिएन के। हाम्ले बाँधेर छोड्दिम कि पुनि सोच्या हो तर बुढा उठे भने फेरि जम्मै कुरो भन्न पर्च भो भैगो पछि फुर्सदमा भनुम्ला भनेर हिडेम्।
***
म बिहान उठेर जमरा कति लामो भो त भनेर यसो जमरातिर हेर्दै गर्दा आँगनमा नमे पनि टुप्लुक्क देखा प-यो। अनि हामी लागेम् चौतारीतिर। राती ल्याऽको मुलडाँडी साँच्चिकै ठुलो छ कि छैन भुनेर हेर्न गाऽ नि। हामी जाँदा खेमेले ताछ्दै थियो। "बढि ताछ्लास् नि त्याँ फेरि।" मैले खेमेलाई हकार्दै थेबे हातमा लिएँ। खेमे त झसगं प-यो।
***
मैले यसो मौवाको फेदतिर हेरेँ। "ए यो विहानको सितमा के गर्दै छौ? अहिले घाम साम परेसी बनाए हुन्न त्यो पिङ्? के को हतार हो?" लोकराज काकाले बिस्तारै बोले। काकाको पेट ठुऽलो छ त्यसैले बिस्तारै बोल्छन् के। सप्तमीसम्म त बुढा पनि फर्किहाल्छन् नि। मेरा आँखा काकातिर भन्दापनि काकाको पछि कोही निस्किँदै होला भुनेर अलि पछितिर तानिँदै थिए।