Posted by: Bhaute September 25, 2005
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
मेरो पनि अर्को एउटा क्षुद्र प्रयास है त। " भउतेको गजल - ५ " न त पहिले काँध थिचेर वश आयो न त अहिले साँध मिचेर जस आयो मृदुल मुस्कान, काखिमा दाह्रा छिपाइ वाणी सँधै "बुझेँ-बुझेँ ,हस-हस" आयो मूर्ख मूर्ति पुजक, ब्यर्थ हो तिम्रो स्तुति भलै कहिले पत्थर पेलेर रस आयो ? क्षत्रीयताले क्षीण, क्षुब्ध, क्षिप्त, क्षणिक कठै ! कस्तो झुठ अवतार-दश आयो दीन ! दुर्योधन, दर्बार दाउमा दिँदा फर्कि फेरि समय उहि विवश आयो :-) -भउते << भोलि प्रोफेसर सँग मिटिङ छ, आज यस्तो लेखेर बसे पछि नि कहिल्यै उँभो लागिन्छ खै :( >>
Read Full Discussion Thread for this article