Posted by: Nepe September 25, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
पातलो रगत = रक्तपातको अधिकताले गर्दा बढेको जीवनको सस्तोपना ठोस हुन नसकेका सोचाई = तर्क वा भावनाको अन्तर्द्वन्दले गर्दा गर्न नसकिएको निर्क्योल यो पाराले अर्थ्याउँदा शेरको दुवै पङ्तिमा संगति भेटिन्छ कि, भउतेजी ? जे होस्, शिरिषले जटिल शेर लेखनमा पनि कुशलता हासिल गर्दैछन् । गजलको बारेमा मेरो रुचिगत जोड के छ भने, यसले गीतको सरलता र सरसता तथा कविताको बौद्धिकता दुवै बोकेको हुनुपर्छ । परन्तु, यदाकदा, बौद्धिक व्यायामको लागि उपयुक्त हुने जटिलता पनि नराम्रो कुरा होईन । सरसता पनि एकरसता हुनसक्छ वैविध्य भएन भने ।
Read Full Discussion Thread for this article