Posted by: shirish September 25, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
आफू भन्दा टाढा हेर्न नचाहने जोडी आँखा थियो ! नजीकबाट देख्दा खरानी अलि, बाकी धुंवा थियो ! पाप गरि रहें क्रमश:, आश्वासनमा क्षमा थियो ! पश्चाताप एउटै, तिमी ईश्वरीय बन्न नसक्दा थियो ! ठोस हुन नसकेका सोचाईहरु मस्तिष्कमा थियो ! होस् कसरी ? रगत पातलो, पानी बरु गाढा थियो ! choose one from these two shers: भेटाएं भन्नेको भाबना भौतारिएर भबितब्यै भयो सहर्ष सर्बाङ्ग अगांल्न खोज्दा तिम्रो केबल छाया थियो । भगबान् भेटें भन्नेको, भजन भताभुगं भयो कृष्णको ध्यान अन्तै मोड्ने साथमा जो राधा थियो !
Read Full Discussion Thread for this article