Posted by: shree5 September 25, 2005
Login in to Rate this Post:
0
?
*******************************
भोलि पल्ट उठेर खर काट्ने सुर गरें । एउटा हँसिया आँगनको डिलमा भएको ढुङ्गोमा उध्याएँ । तर बोर लागि राको छ के मलाई
आज किन हो किन, एक्लै भाको जस्तो लागि राको छ । अब दादा, नमे, खेमे हरु सित राँटे पिङ हाल्न गाको भए अर्कै मजा हुनी
थियो, तर अब लठ्ठे पिङ पुनि चाईयो केरे, फेरि मेरै जिम्मा लगाई दिए केटा हुरले । अब एक्लै त खरबारीमा गएर खर काट्न त
सारै झ्याउ हुन्छ केरे नि । हो यस्तै बेलाँ हो केरे नि त साथी सँगी काम लाग्नी । अनि गएँ जमुनिका घराँ । जमुनि तेही पिढीमा
खामाको आड लागेर के सोचेर हो कुन्नि, ट्वाल्ल परेर मेरै बाटो हेरेर बसि राखेकि रहिछ ।
जमुनिलाई सप्पै कुरा भनेर "हिड जाम खर काट्न, गाम्लेकै कामलाई हो, पिङ हाल्न, मुखियाले आफ्नो खरबारी बाट एउटा पिङको
लठ्ठालाई पुग्नी बाबियो काटेर लानू भन्थे केरे" भने । जमुनिले बा ले नदेखे त हुन्थ्यो केरे, कता गएछन अहिले त । बहिनीहुर
उजेली र कान्छीलाई लेर गाका हुन बा ले, तिमीसित हिँडेको थाहा पाउनी हो भनी मेरा करङ भाँच्छन" भन्न थाली केरे । मैले "गाम्लेको
काम हो, दिउसोको घाममा खर काट्नी हो, मसित तेरा बा क्यार्न डराका होलान खोई, अब बातै लाएछन भनी पुनि खुसी भएर चईनी बाजा
बजाएर लान्छु केरे तँलाई, तेरै बाले खोजेर दिए पुनि म जत्तिको आर्को मुन्छे भेट्टाम्नी छैनन केरे, धेरै नकरा, जाम हिड" भने । केटी त
खुसी भएर हँसिया बोकेर हिँडी केरे ।