Posted by: shree5 September 25, 2005
Login in to Rate this Post:
0
?
अध्याय १५
केटाहुरले मुन्छे सित कस्तो ब्यवहार अर्नी भनेर जान्दैनन के । अब तो टारिघरे बिचरा तेसको कामै बन पाले हो,
बन कुर्नी हो, चईनी एक पटक उसलाई सोधेको भए त उसले हुन्छ भनि हाल्थो केरे नि । केटा हुरले तेसको अगाडि
चईनी आँसी र खुर्पा नचाम्दै गएछन केरे, उसलाई देखेसि पुनि केही नबोलिकिन बन तिर लागेछन, अनि उ नसन्केर
क्यार्नी त ? सप्पै कुरो थाहा पाए पछि साँझ चार बजे तिर म आफै गएँ केरे नि त उसलाई फकाम्न । फेरि फकाम्नि
कुरामा त म चेम्पेन (च्याम्पियन) के । अब जमुनि जस्ती गँगटे मुन्छेलाई त फकाएर म भनेसि हिरिक्कै हुन्छे, अब
तो टारिघरेलाई फकाम्न त के साहारो भओ र ?
गएर पदे साहूका दोकान बाट चईनी पाँच रुप्याँमा एउटा पोका पाउच रउसी किने । यो पोके रउसी त यति लोकप्रिय भओ
कि जसले पुनि पोकेझोल भन्चन केरे यसलाई । लगेर टारिघरेलाई येसो साईडमा बोलाएर ल दाई अलिकति गित गाम्न
परो, घाँटी सफा अरम भनेर दिएँ केरे, साथी त एकै छिन मा फिटान भई हालो केरे । त्याँसी मैले " हेर दाई, चईनी बन
त सबैको साझा हो, दसैमा पिङ हाल्नलाई एउटा मुलडाँडी पुनि नपाए कसरी साझा बन भओ त ? तिमीले चईनी क्यारेको
हो, तो राजु र दादाहुरको खुर्पा खोसेर ? " भनेको त बल्ल थाहा पाएँ के, उसको पिर मर्म आर्कै रहेछ के । खास त अब
चईनी सामुदायिक बन को अधक्ष्ये त मुखिया बुढा हुन केरे । अस्तिन पिङ हाल्न लाई ठाम बढारेर पतिङगर सफा अर्नी दिन
को कुरा ले मुखियाको कम्पारा तातिराखेको रहिछ के । अब बुढाको कुकुरलाई पुनि राजुको पपिले डसेको केरे, त्याँसी बुढा
भाग्न खोज्दा खिर्राको रुखमा चरेको र पछि खेतका गरामा पछारिएको कुरा त अस्तिनै को कुरा भओ केरे । त्यस माथि त
बुढाको त सन्नि आसन (गुप्ताङ्ग) मा जो खिर्राको चोप लागेछ केरे, बुढा त अचेल बाहिर नि निस्कन्न अरे नि त । बुढाको
तो सन्नीमा खिर्राको चोपले पुरै खटिरा र बिबिरा आको छ रे, अब जति खेर नि कन्याईरहन परो केरे, अब तेस्ता गामका
जान्नि सुन्नी ठूला मुन्छे मुखियाले अब सम्साझै समाजमा चईनी गुप्ताङ्ग कन्याउँदै हिड्न त सुहाएन नि, मुन्छेले फेरि
भिरिङगी बुढा भन्छन केरे नि त । हो तो रिसले बुढाले सामुदायिक बनबाट कसैले एउटा मत्रै हाँगो काटेर लग्यो भनी मैले
तेरो जागिर खोस्छु भनेर टारिघरे बनपाले लाई साफ थर्काएका रहेछन केरे ।