Posted by: nepalean September 24, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
अध्याय १३ ------------- झ्याम्म रात परेको थियो , झ्याउकिरि झ्याउ झ्याउ गर्दै थिय , काक्रोको झ्यालमा हर्रेउ हो कि फट्यान्ग्रो चिरित चिरित गर्दै थियो म लुसुक्क दादाको कोठिको झ्यालतिर गएर सासले बोलाए ' दादा, दादा' । सुन्ने होइन बा , आफ्नो हात झ्यालको डन्डि समात्दा समात्दा दुखिसक्यो । फेरि चोर भनेर कता हल्ला खल्ला हुने भन्ने डर । सोरै झोक चल्यो, मैले त लाइट दादाको मुखा बालिदिए । अनि बल्ल बिउझिए लाइटको उज्यालो ले आखा छोप्दै । मैले सासै सासमा भने जाउ मुल डाडिलिन । दादा आखा मिच्दै रिसाए , भुत्राको जानि त्यो मु* टारिघरेले आसि त लैदियो । मैले भने बाहिर त आउ । दादा बाहिर आउदा राजुले सिरेलाइ ल्याइसकेच । खेमे र मिने छापाको चौतारिमा भेट्ने सल्ला थियो । खोइ केको दोस्ति हो तिनिहरुको , सारै मिल्चन । कैले काइ त एउटै घरका दिदि बइनि ब्या अर्नि भनेर हसाउचन।मध्य रातमा लागेम बन तिर । दादा सं टारिघरेको डर र रिस अझै बाकि थियो । खास कुरा के भने घर्ति मिने र टरिघरे दोजे जाड पार्टनर । भुन्टिका जाड खादा मिने दोजे सं झोक्किएच ' तेरो मु* भाइ गाउमा पिङ हाल्दा पनि डाडि काट्न नदिने , गाउको बनपाले के भको मुन्तरि जस्तो पो अर्च , तेसलाइ मर्दा पर्दा हामि चाइन्नम ? ' दोजे त मिनेको जाड पाटर्नर अनि झोक चलेच क्यारे, टारिघरे दाइलाइ थर्कायच । अनि त लुत्रुक्क परेर मिनेलाइ भनेच गाममा थाहा नदिओ, राति गएर खुसुक्का ल्याऔ । बल्ल दादाको मुख उज्यालो भयो । मिने र खेमे चौतारिआं कुरि राखेका रइचन । राति भर होला राजुले पपि घरमै छोडेच । चप्पल पट्या पट्या अर्दै लागेम हामि बनि तिर ।
Read Full Discussion Thread for this article