Posted by: Dada_Giri September 24, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
अध्याय १२ --------------- "वन सन सके छम्डाहुरले!" जरुवाको चौतारीमा खुर्पा उदाउँदो राजु र त्यो एक टकले हेरिरहँदो म लाई?@टारिघरे दाइको झोक्किँदो आवाजले झसगं पा-यो। ""अनि तिमेरु के लिन हिँडेऊ त आज फेरि?" , "के छ टारिघरे दाइ?" भनेर मैले सोध्न नपाउँदे टारिघरे दाइले नै प्रश्न गरे। सँधै तास खेल्ने दौँतरी हुन् आज किन रिए यति साह्रो म मर्म बुझ्ने प्रयासमा छु। "यो खुर्पा सुर्पा लिएर वन सन छिर्ने हैन सँधै।" राजुको खुर्पा हातमा टिपेर सितितित्त भुते रहमा पुग्ने गरी?@फाल्छ बा टारिघरे त। गाँठि कुरा के भने नि, टारिगरे दाइ वन हेरालो पनि हुन्। उनलाई?@कसले के केति लग्यो भन्ने सब हेक्का हुन्थ्यो हामि फेरि दोश्रो मुलडाँडी लिन गाऽको कुरा त उनलाई साह्रै ननिको लाग्या रे छ के कुरो बुझ्दा।?@राजु र म त किंकर्तव्यबिमुढ भइहालेम् नि अब। *** *** *** हाम्ले केमेको कारणले दोश्रो मुलडाँडी लिन जान ला भन्ने कुरा बिसाउन नपाउँदै टारीगरे त कपाल कनाउँदै?@बाटो लागे। राजुले गरि मतिर निनाउरो मुख लगाउँदै घरि खुर्पातिर हेर्दै थियो। "पपि" भने खुर्पा फालिएकै दिशातिर?@हाम्फाल्दै थियो। म नजिकैको पातिको मुन्टोतिर हरे जस्तो गरेँ। *** *** *** "यो मु" टारिघरे दशैँमा त जाला नि ससुरालितिर। अनि मैले जान्या छु। मुलडाँडी त नलगी छोड्दिन।" राजुले पसिना पुछ्दै एउटा साऽनो ढुगांले मैले हेरिराखेको पातिको मुन्टोमा जोडसित हान्दै भन्यो। "दशैँपछि तेरा मुलडाँडीको के काम छ? लगनपछिको पोते!" मैले राजुसित रीस भन्दापनि गुनासो पोखेँ। *** *** *** टारिघरेले त्यो खुर्पा टिपेर हातमा लिएर खोला तर्दा "पप्पी" पनि निरास हुँदै फर्केर राजुको पाएँट चाट्दै थियो। "साऽले अझ अर्काको खुर्पा लिएर जान्छ।" राजुले सिगांन पुछ्दै "पपी" काखमा च्यापेर दु:ख पोख्यो।
Read Full Discussion Thread for this article