Posted by: Gautam B. September 23, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
वाह गुरुहरु, एक से एक गएका छन् हाइकुहरु ! अनि दादा, यो नियममा अक्षरहरु गन्दा आधा अक्षरहरु चाहिँ गन्नु पर्दैन जस्तो लाग्छ । लेख्दा नकाटी लेखे पनि बोल्दा आधा उच्चारण भयो भने पनि गनिन्न क्यारे । जस्तै "मन" ले एक अक्षर जनाऊँछ, "आन्दोलन"ले तीन । त्यसै होइन त ? यस्सो सुझाव पाम्न है । दुई चार चोईटा थपिहालौँ । "हल्ला किन?" कुन ठूलो काम भो? हनुमान दायाँ बायाँ- मूलबाटो हिँड्नु । "आँट छ?" हुती हुनेले- गाऊँ पाखा घुमे भो, जन्ती नलिई । "समर्थक?" घाट कुर्ने जोगी? तालु सुकेका बच्चा? अरु को को नि ? "अनशन" भूँडे नेताजी- "डाईटिङ्" गर्दै हो कि ? जूस पिउने रे ।
Read Full Discussion Thread for this article