Posted by: mampaka September 22, 2005
Somthing of Your Interest
Login in to Rate this Post:     0       ?        
मन्त्रिपरिषद्का सदस्य र मनोनीत पदाधिकारीहरूले मुलुकमा नयाँ शासन सुरु भएको अनुभूति जनतालाई दिलाइरहेका छन् । सबैले बुझेकै हो, मनोनीतहरू लाए/अह्राएको काममात्र गर्छन् । मन्त्रीत्रय बद्री मण्डल, दानबहादुरी शाही र मधुकरशमशेर राणाले गोप्य बैठक गरी भारतबाट रासायनिक मल तस्करी गर्ने निर्णय गरेर मुलुकमा भूमिगत शासन सुरु भएको सन्देश दिइरहेका छन् । सिराहाका स्थानीय विकास अधिकारीलाई दुव्र्यवहार गरेको तीन महिना नपुग्दै सुनसरीका प्रमुख जिल्ला अधिकारीमाथि जाइलागेर सगरमाथा अञ्चल प्रशासक रामकुमार सुब्बाले नयाँ शासनका अनेक रूप रहेको संकेत दिइरहेका छन् । सरकारले लोकसेवा आयोगको दैलो नै नदेखेका लोकमानसिंह कार्कीलाई मुख्यसचिवमा बढुवा गरेपछि मुलुकमा हुकुम प्रमाङ्गीको स्वर्ग फर्किन लागेको सुखद् समाचारसमेत प्रवाह भएको छ । त्यसबाट सहजै बुझ्न सकिन्छ- मुलुकले होइन दरबारले योग्य ठानेकाहरूको दिन आएको छ ।
Read Full Discussion Thread for this article