Posted by: Nepe September 21, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
सिरेले नेपेलाई पनि कथाको श्रृङ्खलामा घुसाउनु भएछ । मैले पनि एक घान कथा हाल्न पाए हुन्थ्यो भन्ने लागेको हो । परन्तु, सिरे, दादा र नमेज्यूहरुको ग्रामिण जीवनको जति समृद्ध सामान्य ज्ञान छ, त्यसको शतांश पनि आफुसंग नभा' हुनाले आँट आएन यति सुन्दर धारावाहिकमा घुसेर स्वादै पातलो गरिदिन । अचेल केहि साझा ईतर व्यस्तता भए पनि, यो धागोलाई मात्रै हेर्न पनि पस्छु साझा भित्र । युनिकोड नेपाली र सिरे-दादा-नमे-भउते को प्रवेश पछि स्थानिय नेपाली ग्रामिण जीवनले जुन समृद्ध प्रस्तुति पाएको छ साझामा, त्यो अभुतपूर्व छ । संभवत: यो अहिले साझाको मुख्य आकर्षण हो । निर्विवाद, मनोरंजक र ज्ञानवर्धक । अरु के चाहियो र ?
Read Full Discussion Thread for this article